नेपालमा कोरोना संक्रमितको संख्या ९ पुग्यो

२२ चैत्र ,काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३ जना नयाँ व्यक्तिमा संक्रमण देखिएसँगै संक्रमितको संख्या ९ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुम्बईबाट फर्किएका २१ वर्षीय युवक, भारतको उत्तराखण्डबाट कञ्चनपुर फर्किएका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा कोरोना संक्रमण देखिएका ३४ वर्षीय पुरुषका आफन्त ३४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation