कपिलवस्तुमा कोरोना आशंकाले एक व्यक्तिलाई आइसोलेसनमा

ताैलिहवा

कपिलवस्तुमा कोरोनाको आशंकामा एक जनालाई आइसुलेसनमा राखिएको छ । जिल्लाको तौलिहवास्थित कपिलवस्तु अस्पतालको आइसुलसेनमा ती व्यक्तिलाई राखिएको हो ।
छाती दुख्ने, ज्वरो आउने लगायतका लक्षण देखिएपछि शिवराज नगरपालिका निवासी उनलाई शुक्रवार अस्पतालमा ल्याईएको थियो ।
स्वाब परिक्षणका लागि आइतवार बुटवल पठाउने तयारी भैरहेको अस्पताल स्रोतले जनाएको छ । कोरोनाको आशंकामा आइसुलसेनमा राखेर उपचार गरिएको बिरामी जिल्लामै पहिलो हो । जिल्लामा अझै पनि कसैमा कोरोनाको संक्रमण पुष्टि भएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation