बाघमा पनि देखियो कोरोना, मान्छेबाट सरेको हुन सक्ने अनुमान

प्रकाशित मिति : २४ चैत्र २०७६ सोमबार

काठमाडौं ।
कोरोना भाइरस (कोभिड-१९) ले ज्यादै सताएको अमेरिकामा यसको संक्रमण चिडियाखानाको बाघमा पनि देखिएको छ।

कोरोनाको इपिसेन्टर बनेको अमेरिकाको न्युयोर्कस्थित ब्रोन्स चिडियाखानाको ४ वर्षे मलायन पोथी बाघमा कोरोना भाइरस ‘पोजिटिभ’ पाइएको हो ।

चिडियाखानाका अनुसार आयोवास्थित राष्ट्रिय भेटेरिनरी सेवाको प्रयोगशालाले त्यस बाघको नमुना परीक्षण गर्दा कोरोना भाइरस रहेको पुष्टि भएको हो ।

चिडियाखानामा काम गर्ने व्यक्तिबाट बाघमा कोरोना भाइरस सरेको अनुमान गरिएको छ ।

‘हामीले अति सावधानीपूर्वक बाघको स्वास्थ्य परीक्षण गरिरहेका छौं,’ चिडियाखानाले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ जसले कोरोना भाइरसबारे विश्वले गरिरहेको प्रयासलाई योगदान गर्ने विश्वास दिलाउन चाहन्छौं ।’ एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2023 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation