विश्वका दुई सय आठ देशमा फैलियो कोरोना सङ्क्रमण

प्रकाशित मिति : २४ चैत्र २०७६ सोमबार

काठमाडौं ।
कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण दुई सय आठ देशमा फैलिएको छ । दक्षिणी सुडान र सेन्ट पियरे मिकेलनमा एक–एक जनामा कोरोना पुष्टि भएपछि कोभिड १९ को सङ्क्रमण फैलिएको देशको सङ्ख्या दुई सय आठ पुगेको हो ।
यस्तै दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा पनि कोरोना भाइरस फैलिँदा सङ्क्रमित हुनेको सङ्ख्या साढे १२ लाख नाघेको छ । अहिलेसम्म १२ लाख ७१ हजार आठ सय ७५ जनामा कोरोना पुष्टि भएकोमा दुई लाख ६१ हजार चार सय २४ जना उपचारपछि निको भएका छन् ।
सङ्क्रमितमध्ये ९ लाख ४१ हजार ४६ जनाको भने उपचार भइरहेको छ भने ६९ हजार चार सय पाँच जनाको ज्यान गएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation