लकडाउनका बेला वनमा तस्कर

तस्करीको काठ बरामद

बि बन्जाडे
उज्यालो पोष्ट, कपिलवस्तु
कोभिड १९ (कोराना भाईरस) को संक्रमणका कारण बिश्व आक्रान्त छ । कोरोनाको संक्रमण फैलन नदिन नेपालमा तिन साता यता लकडाउन गरिएको छ । तर यहि लकडाउनका बेला भने जिल्लाका बिभिन्न वन क्षेत्रमा तस्करको आँखा लाग्न थालेको छ । पछिल्लो समय सुरक्षा निकाय कोरोाना भाईरसको संक्रमण रोक्ने अभियानमा परिचालित भएका बेला वन तस्करले वन फडानी गरि काठ तस्करी गर्न उद्दत देखिएका छन ।

लकडाउनका बेला वन क्षेत्रबाट काठ तस्करी हुन सक्ने भए पछि जिल्लाका साझेदारी वन व्यवस्थतापन समितीले वन क्षेत्रमा गस्ती बढाएको छ । यसै क्रममा डिभिजन वन कार्यालय गौतमबुद्ध अन्र्तगतको कपिलवस्तु साझेदारी वनको गस्ती टोलीले काठ गस्तीका क्रममा तस्करी हुन थालेको काठ बरामद गरेको छ । रेन्जर गणेश पुरी नेतृत्वको कपिलवस्तु साझेदारी वनका हेरालु सहितको गस्ती टोलीले ७ थान सालका चौपट्टा (२६ दशमलव ८३ क्युफिट) र सात वटा साईकल बरामद गरेको छ ।

शिवराज नगरपालिका वडा नम्बर ३ मधवा गाँउ देखी १ किलो मिटर उत्तर तर्फको साझेदारी वन क्षेत्रबाट तस्करी हुन थालेको सुचनाका आधारमा गस्ती टोली त्यहाँ पुग्दा वन तस्करहरु भने साईकल छोडेर फरार भएको खुल्न आएको छ । लकडाउनका बेला वन तस्करीमा संलग्न फरारहरुको खोजी कार्य जारी राखेको रेन्जर गणेश पुरीले जानकारी दिए । “कोरोना संक्रमणका बेला वन तस्करहरु बढि सक्रिय हुने हुदाँ हामीले गस्ती र निगरानी बढाएका छौ ।” रेन्जर पुरीले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation