कपिलवस्तुमा चार नाबालिका बलात्कृत

कपिलवस्तुको वाणगंगा नगरपालिकामा दुई पुरुषमाथि चार नाबालिकालाई बलात्कार गरेको आरोप लागेको छ । जिल्लाको वाणगंगा वडा नं. ४ गजेहडामा चार नाबालिकाहरुमाथि दुई जना पुरुषद्धारा पटक पटक बलात्कार गरिएको आरोप लागेको छ।

बलात्कार गरेको आरोप लगाउने एक नाबालिकाकी आमाद्धारा यो बलत्कारको घटना बाहिर आएको हो । तीन दिन अगाडी घटना सार्वजनिक भएता पनिे यो बीचमा नाबालिकासंग राम्रोसंग बुज्दां नाबालिकाहरुले बलात्कार गरेको भनेपछि न्याय खोज्दैं आज बुधबार प्रहरी सामु आएको बताइन । एक बालिकालाई ५ बर्ष देखी र ३ बालिकालाई केही महिना देखि पटक पटक जबर्जस्तीकरणी गरेको पीडितका अभिभावकले जनाएका छन् । पिडकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रियालाई अघि बढाएको छ ।

दुई नाबालिकालाई भने प्रयास गरेपनि बलात्कार गर्न नसकेको पीडितका अभिभावक बताउँछन । अहिले पीडित र पिडकलाई गजेहडा प्रहरी बिट्मा राखी सोधपुछ भइरहेको छ । स्थानीयले गजेहडा प्रहरी बिट्मा न्याय माग गर्दै नाराबाजी गरेका छ्न । ती वालिका १० बर्ष भित्रका रहेका छन् । बलात्कार आरोपी  दुबै प्रहरी नियन्त्रणमा आई सकेको इलाका प्रहरी कार्याालयका प्रहरी  निरिक्षक आयुष प्रसाद जोशीले जानकारी दिनु भयो ।

बैखरीबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation