चर्चा नखोजि राहत बाड्दै वलिउद्दिन

तौलिहवा, ११ बैशाख
कोरोना संक्रमणको त्रासले गरिएको लकडाउनका कारण अहिले बिश्व नै आक्रान्त छ । लकडाउनका कारण गरिब र बिपन्नलाई हातमुख जोर्न नै समस्या छ । गरिब र बिपन्नहरु खान पिउन समस्यामा परेका बेला यहाँका एक समाजसेवीले प्रचार प्रसार बिनै उनीहरुलाई खाद्यान्न सहयोग गर्दै आएका छन । जिल्लाको मायादेवी गाँउपालिका वडा नम्बर २ का समाजसेवी वलिउद्दिन मुसलमानले बिहिबार मायादेवी ४ का २१ परिवारलाई खाद्यान्न सहयोग गरे । सहयोग गरेको खाधान्नमा चामल, दाल, नुन लगायतका सामाग्री छन । त्यसै गरि वडा नम्बर १ पकडी र वडा नम्बर २ अभिरावका राहत पाउन नसकेको र अति गरिव ७/७ परिवार तथा वडा नम्बर ७ को हरनामपुरका ९ परिवारलाई खाद्यान्न बितरण गरे ।

त्यसै गरि उनी नै कार्यवाहक अध्यक्ष रहेको मायादेवी गाउंपालिका वडा नं. १ पकडी स्थित युवा समाज कल्याण नामक संख्या मार्फत उनले कपिलवस्तु अस्पतालमा दुई जोर पिपीई सेट सहित सेनेटाईजर र मास्क सहितका सामाग्री हस्तान्तरण गरेका थिए । तौलिहवा स्थित कपिलवस्तु बाल गृहका बालबालिकालाई मास्क, सेनेटाईजर, फलफुल र खाने कुरा उपलब्ध गराउन समेत उनले अगुवाई गरे । उनकै पहलमा संस्थाले जिल्ला प्रहरी कार्यालयल कपिलवस्तुलाई सेनेटाईजर, मास्क र ग्लोब्स लगायतका सामाग्री हस्तान्तरण गरेको छ ।

कार्यवाहक अध्यक्ष वलीउद्दिन मुसमानको नेतृत्वमा संस्थाका सदस्य र युवा समाजसेवीहरु सहित जिल्ला प्रहरी कार्यालयमा गई प्रहरीलाई २ सय पिस मास्क, २ सय पिस ग्लोब्स, १ सय ७० पिस सेनेटाईजर र १५ लिटर हेण्ड वास लगायतका सामाग्री बितरण गरेका थिए । आफुले चर्चा भन्दा पनि समाजका वास्तविक बिपन्न र असाहयलाई सहयोग गर्ने उद्धेश्य राखेको समाजसेवी वलीउद्दिनले बताए । “यो संकटका बेला बास्तविक समस्यामा परेकालाई सहयोगको खाँचो छ । चर्चा बटुल्न भन्दा पनि सहयोगमा लाग्ने सोच हो ।” उनले भने । गत स्थानिय तहको निर्वाचनमा मायादेवी गाँउपालिकाको अध्यक्ष पदका निकटम प्रतिश्पर्धि रहेका उनी नेपाली काँग्रेस कपिलवस्तुको क्षेत्र नम्बर १ (ख) का क्षेत्रिय सभापति हुन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation