शुद्धाेधन ५ मा राहात वितरणमा काखा पाखा

चैत्र १३, शुद्धोधन कपिलवस्तु
जिल्लाको शुद्धोधन गाउँपालिका वार्ड न.५ मा राहात वितरण गर्दा वडा अध्यक्षले काखा पाखा गरेको स्थानिय बासिन्दाले आरोप लगाएका छन् । वडाले राहात वितरण गर्दा वास्तविक गरिवलाई छोडेर आफ्ना निकटहरुलाई मात्र राहात उपलब्ध गराएका उनिहरुले आरोप लगाएका हुन् ।
स्थानिय भानमति मालिले भनिन ‘वडाले राहात वितरण गर्याे तर हामीहरुले पाएनौ हामीहरुको नाम लिस्टमा नै छैन रे, दैनिक ज्याला मजदुरी गरेर ज्यान पाल्ने हामीहरु सिमा बन्द, सबै काम ठप्प छ बाल बच्चा कसरी पाल्ने, दैनिक अरसंग मागेर कति दिन पुग्छ’ । उस्तै गुनासो छ स्थानिय नेवाश चमार र अनिल धोवीको पनि उनिहरु भन्छन् हामीहरु दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका थियौ अहिले काम बन्द छ, जग्गा जमिनको नाममा तरकारी लगाउने दुई मण्डी खेत मात्र हो अरु जग्गा जमिन केही छैन । कसरी परिवार पाल्ने त्यसैको पिरलोले सताएको छ, कहिले कस्कोमा कहिले कस्कोमा मागेर चुलो बालेका छौ, कहिले सम्म यो सम्भव हुने हो वडाले राहात बाड्दा समेत विभेद गरेको उनिहरुको गुनासो छ ।
पालिका स्तरिय युवा संजालका अध्यक्ष सुग्रिम यादव पनि वडाले राहात वितरण गर्दा वास्तविक गरिवहरुलाई छुट्टाएको बताउछन् उनि भन्छन् खासमा दैनिक ज्यालादारी गर्ने जस्को जग्गा जमिन छैन उनिहरुले राहात पाउनु पर्ने हो तर यहाँ ५/१० बिघा जग्गा भएकाले पाएका छन् तर गरिवहरुले पाउन सकेका छैनन् ।
वडा अध्यक्ष आशुतोष कुमार सिंहले वडामा ३१० घर परिवारलाई राहात बाडिएको त्यसमा सम्पुर्ण गरिवहरु समिटिएको बताए । उनि भन्छन् राहात पाएनौ भन्ने मात्र राजनैतिक प्रोपोगाण्डा हो । उनले ‘योे जिम्मेवारी वडा अध्यक्षको मात्र नभएर प्रदेश संसद, संघीय सांसदको पनि भएको उनिहरुले हाल सम्म मुख पनि नदेखाएको बताए’ । वडाका ३१० घरधुरीलाई १० के.जी. चामल, ५ के.जी.आलु २ किलोे दाल, १ किलो प्याज र १ प्याकेट नुन, १ लिटर खाने तेल बितरण गरिएको छ ।

राहत विशेष – स्थलगत कुराकानी #उज्यालोपोस्ट

Posted by Ujyaalo Post on Saturday, 25 April 2020

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2023 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation