नेपाली दुई प्रहरी नियन्त्रणमा लिई भारतीय नागरिकबाट कुटपिट

भारतिय नागरिकले दुई नेपाली प्रहरीलाई नियन्त्रणमा लिई कुटपिट गरेका छन ।

भारतसँग सीमा जोडिएको कपिलवस्तुको यशोधरा गाँउपालिका वडा नम्बर ७ को सेमरी गाँउको सिमाको सुरक्षामा खटिएका प्रहरी चौकी मर्यादपुरका दुई प्रहरीलाई भारतीय सीमावर्ती शोहरतगढ थाना खुनुवा चौकीको परसौना गाँउका केहि स्थानीयले नियन्त्रणमा लिई कुटपिट गरेको खुल्न आएको छ ।

प्रहरी चौकी मर्यादपुरमा कार्यरत प्रहरी हवल्दार बशिष्ठ यादव र प्रहरी जवान ईश्वर ज्ञवालीलाई भारतका स्थानीयले सेमरीस्थित नो मेन्स ल्यान्डबाट नियन्त्रणमा लिई कुटपिट गरेको खुल्न आएको छ । सिमा क्षेत्रमा भारतबाट प्रवेश गर्न खोजेका नागरिकलाई कडाई गरेका कारण डयुटीमा रहेका प्रहरीलाई करिब आधा घण्टा नियन्त्रण गरी भारततर्फ लगी भारतीय नागरिकले कुटपिट गरेका हुन् ।

भारतीय नागरिकको नियन्त्रणमा परेका नेपाल प्रहरीलाई केहि चोट लागेको भएपनि अवस्था सामान्य रहेको खुल्न आएको छ । यस बिषयमा स्थानीय प्रशासन र प्रहरी बोल्न चाहदैनन् । तर भारतीय नागरिकले नियन्त्रणमा लिएका दुवै प्रहरी सकुशल नेपाल प्रहरीको सम्पर्कमा आएको कपिलवस्तुका प्रहरी उपरिक्षक दिपशम्सेर जबराले पुष्टि गरे । (समाचारमा प्रयोग गरिएको तस्वीर सांकेतिक हो ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation