ओलीले सधैँ जालझेल र षड्यन्त्र मात्रै गर्नुभो : नेपाल

रिष्ठ नेता नेपालले आफूलाई नवौँ महाधिवेशनदेखि साथ दिएका नेता–कार्यकर्तालाई ओली समूहले केन्द्रदेखि जिल्लासम्म छानीछानी पाखा लगाउने, महत्वपूर्ण र प्रमुख जिम्मेवारीबाट वञ्चित गर्ने काम गरेको भन्दै फेहरिस्त नै प्रस्तुत गरेका थिए । ‘नवौँ महाधिवेशनमा मसँग रहनुभएका साथीरूलाई इगो साँध्ने, जिम्मेवारीमा वञ्चित गर्ने काम भो, अहिले पनि उहाँले जाल–झेल षड्यन्त्र गर्ने, एउटा नेताविरुद्ध अर्कोलाई लडाउने, जुधाउने, फुटाउने काम गर्नुभयो, सामूहिक निर्णय र संस्थागत पद्धतिलाई जहिल्यै इग्नोर गर्ने काम गर्नुभो, त्यसकारण उहाँ जिम्मेवारीबाट हट्नुपर्छ,’ नेपालको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी नेताले भने । 

बालुवाटार–खुमल्टार–कोटेश्वर छलफल : मंगलबार सचिवालय 
पछिल्लो अन्तरविरोध समाधानका लागि नेकपाका नेताहरूबीच मंगलबार सचिवालय बैठक बोलाएर छलफल गर्ने सहमति भएको छ । कोटेश्वर छलफलअघि बालुवाटारमा प्रधानमन्त्री ओली र नेपाल, खुमल्टारमा अध्यक्ष प्रचण्ड र झलनाथ खनाल तथा उपाध्यक्ष वामदेव गौतमबीच भएको बेग्लाबेग्लै सहमतिपछि मंगलबार सचिवालय बैठक बोलाउने सहमति भएको हो । 

ओलीसँगको छलफलमा नेता नेपालले अहिले उठेका सबै विषय बैठकमार्फत हल गर्ने प्रयास नभए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए । लगत्तै ओली समूह र नेपाल समूहका नेताहरूबीच संवाद चलिरहँदा अध्यक्ष प्रचण्डले पालैपालो खुमलटारमा खनाल र गौतमसँग छलफल गरेका थिए ।

प्रचण्डसँगको छलफलपछि वरिष्ठ नेता नेपालले पार्टी एकतालाई मजबुत बनाउन तत्काल स्थायी समिति बैठक बोलाउन माग गर्ने सहमति भएको बताए । दुई नेताबीचको दुई घन्टा लामोे छलफलमा सरकारले अध्यादेश ल्याएपछि पार्टीभित्र उत्पन्न समस्याबारे समेत समीक्षा भएको थियो । त्यस्तै, प्रचण्डसँगको भेटलगत्तै उपाध्यक्ष गौतमले वरिष्ठ नेता नेपालसँग बैठकका विषयमा केन्द्रित रहेर टेलिफोन संवाद गरेका थिए । #नयापत्रिका

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation