रामग्राम नगरपालीकाको विवादित राहतको प्रकरणमा व्यवसायी विरुद्ध मुद्धा

परासी, बैशाख १५
रामग्राम नगरपालिका द्धारा वितरीत विवादित राहतमा चामल खरीद गरीएको व्यवसायि विरुद्ध मुदा दायर भएको छ । न्युन गुणस्तरीय चामल विक्रि गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले मुद्धा दायर गरेको हो ।

गत चैत्र २८ गतेका दिन राहतमा कुहिएको चामल भएको भन्दै स्थानियले नगरपालिका अगाडि राहत फालेका थिए । त्यही विषयमा प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले आफ्नो अनुसन्धान अगाडि बढाएको थियो । न्युन गुणस्तरको चामल रहेको प्रमाणित भईसकेपछि नगरपालिका भन्दा व्यवसायि विरुद्ध मुद्धा दायर भएको छ । आज जिल्ला अदालत परासीमा चामल विक्रि गर्ने राजेश राईस मिल रामग्राम ६ पोखरापालीका व्यवसायी पटवारी बनिया विरुद्ध मुद्धा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख बिमल कुमार दाहालले जानकारी गराउनु भएको छ । सरकारले तोकेका मापदण्ड अनुरुप राहत नभएपछि कार्यावाहीको प्रक्रिया अगाडि बढाईएको छ । व्यवसायी बनियाले सो चामल रामग्राम नगपालीकालाई विक्रि गरेको स्वीकार गरेका छन् । व्यवसायि संग खाद्य सामाग्रि विक्रि वितरणको लाईसेन्स ९अनुज्ञापत्र० पनि नभएकाले उनि विरुद्ध सरकारी वकिल कार्यालयको रायमा मुद्धा दायर गरिएको कार्यालय प्रमुख दाहालले बताउनुभयो ।

खाद्य सामाग्रि उत्पादन र विक्रि वितरणका लागी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधान रहेको छ । खाद्य ऐन २०२३ को दफा ३ उल्लघन गरि न्युन गणस्तरको खाद्य पर्दाथ विक्रि वितरण गरेको कसुरमा उनि माथी जिल्ला अदालत परासीमा मुद्धा दायर गरिएको छ भने लाईसेन्स नलिई खाद्य सामाग्रि उत्पादन र विक्रि वितरण गरेको हकमा भने व्यवसायीलाई जिल्ला प्रशासन कार्यालयले जरिवाना गर्न सक्ने छ । न्युन गुणस्तरको खाद्य सामाग्रि विक्रि वितरण गरेको हकमा व्यवसायीलाई अदालतले अधिकतम ५० हजार सम्म जरिवाना वा ५ वर्ष जेल वा दुवै सजाय गर्न सक्ने छ भने बिना लाईसेन्स विक्रि वितरण गरेको हकमा जिल्ला प्रशासन कार्यालयले अधिकतम १० हजार जरिवाना गर्न सक्ने छ । तर खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले यस प्रकरणमा रामग्राम नगरपालीकाका कुनै पनि कर्मचारी वा जनप्रतिनिधिलाई दोषि देखाएको छैन् ।

यसअघि नापतौल कार्यालयले गरेको चेकजाँचको क्रममा वितरीत चामलको तौल पनि कम रहेको पाईएको थियो । हाल रामग्राम नगरपालीकाले नयाँ स्टीम चामल खरिद गरि राहत वितरण गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation