संसदीय दल प्रचण्ड-नेपालकाे पक्षमा १०७ सांसद , ओली प्रष्ट अल्पमतमा

 आज साँझ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठक बस्दैछ ।

बैठक राख्न आनाकानी गरीरहेका प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीसँग मंगलबार अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छलफलले बैठक राख्ने टुंगो लगाएको थियो ।

प्रधानमन्त्री ओलीले दल विभाजन र संबैधानिक परिषद सम्बन्धि दुई अध्यादेश चौतर्फी विरोधका बाबाजुद पार्टी र अन्य नेताहरुसँग छलफलै नगरी जाी गरेपछि चुलिएको नेकपाको आन्तरिक विवाद पछि २० जना स्थायी समिति सदस्यहरुले बैठकको माग गर्दै लिखित निवेदन दिएका थिए ।

चौतर्फी विरोध र पार्टीको समेत विरोध भएपछि दुई अध्यादेश ओलीले फिर्ता लिएपनि उनको संकट टरेको छैन । नेकपामा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल गठबन्धनले ओलीले कार्यशैली असह्य भएको भन्दै दुवै अध्यक्ष र प्रधानमन्त्री पद छोड्न माग गरिरहेको छ ।

प्रचण्डरमाधव पक्ष मिल्दा पार्टीका सबै तहमा अत्याधिक बहुमत देखिएपछि ओलीले स्थायी समितिको बैठक राख्न मानिरहेका छैनन् ।

स्थायी समिति बैठक अघि बस्न लागेको सचिवालय बैठकमा ओली र प्रचण्डले आआफ्नै तयारी थालेका छन् ।

बुधबार दिउँसो आफु निकटका सांसदहरुलाई बालुवाटार बोलाएर हस्ताक्षर गराएका ओलीले संसदीय दलमा बहुमत जुटाउने तयारी गरेपनि उनीसँग ७८ सांसदमात्रै छन् । प्रचण्डसँग ५३ र माधव नेपालसँग ४३ गरी जम्मा ९६ सांसदहरु ओलीविरोधी क्याम्पमा रहेका छन् । नेकपाका कुल सांसदरु १७४ रहेकोमा संसदीय दलमा बहुमतका लागी ८८ सांसद चाहिन्छ ।

केही सांसदहरुले हस्ताक्षर गरेर फर्किएपछि प्रोपागाण्डाका रुपमा ओली पक्षसँग ९२ सांसद रहेको हल्ला चलाएपनि प्रचण्ड/नेपाल पक्षबाट कोहीपनि सांसदहरुले क्याम्प परिवर्तन नगरेको बताइएको छ ।

प्रोपागाण्डा गर्ने र साँझ बस्ने सचिवालय बैठकमा स्थायी समितिको बैठक छल्नका लागी ओलीले संसदीय दलमा भोटिङ् गरौं भनेर प्रस्ताव ल्याउने तयारी भईरहेको बालुवाटार स्रोतले बतायो ।
हस्ताक्षर गरेर फर्किएका ओली निकट एक सांसदले भने, –‘अर्को खेमाका केही सांसद आउने प्रधानन्त्रीको कुरा छ, त्यसो हुँदा बहुमत पुग्छ’ ।

तर नेकपाकै एक अर्का सांसद भन्छन् –उनीहरु प्रधानमन्त्रीले भेट्नपर्यो भनेर बोलाएपछि जानैपर्छ । गएकै आधारमा आफ्नो क्याम्प आएको भ्रममा परेका छन् ।

उनले थपे–अर्कोतिर अहिले मन्त्रिपरिषदमा रहेका प्रचण्ड/ओली पक्षका केही मन्त्रिहरुले पनि सरकार बदल्न नहुने भनिरहेकाले उनीहरुको पनि समर्थन रहेको भ्रममा ओली पक्ष छ । खासमा ति मतदान हुने अवस्थामा आफ्नै पक्षमा उभिन्छन् ।

उनको कथन छ–ओलीले संसदीय दलमा बहुमतको कार्ड फ्याकेका हुन् भने उनी नराम्रोसँग पारजित हुन्छन् । खासमा ओलीका पक्षमा यसअघि देखिएको सांसदहरु पनि सबै ओली पक्षमा रहन्नन् ।

बरु प्रचण्ड/नेपाल क्याम्पतिर ओलीका केही सांसदहरु बचन दिएका छन् । उनका अनुसार ९६ बाट थपिएर यो संख्या १०७ पुग्छ । ओली पक्षका ११ सांसद चोरिन सक्छन् । #
KHABAR DABALI

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation