म प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष’

निर्वाचित जनप्रतिनिधिलाई राजीनामा गराएर उपनिर्वाचनमा वामदेवको पक्षमा जनमत जुटाउन सहज छैन, राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधन गर्न नेकपासँग दुईतिहाइ छैन, तर पनि प्रस्तावले वामदेव सधैँझैँ उत्साही भएका छन्

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले नेकपा विवाद समधान गर्न नयाँ ‘एंगल’ प्रस्तुत गरेका छन् । कोरानाको नियन्त्रणपछि आफूले राजीनामा दिने र उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव उनले अघि सारेका छन् । त्यस्तै वरिष्ठ नेता माधव नेपाललाई पनि अध्यक्ष बनाएर सामूहिक नेतृत्वमा पार्टी सञ्चालन गर्ने उनको प्रस्ताव छ । प्रधानमन्त्री ओलीले नयाँ प्रस्ताव ल्याएपछि नेकपा विवाद नयाँ मोडमा प्रवेश गरेको छ । नयाँ प्रस्तावबारे दुई दिन छलफल गरेर शनिबार बैठक बस्ने निर्णय भएको छ । 

‘जतिसुकै वादविवाद होस्, घेराबन्दी होस्, म तत्काल त राजीनमा दिन्नँ । हामी कोरोनाविरुद्ध लडिरहेका छौँ । यस्तो वेला सरकार छाडेर हिँड्दा जग हँसाउने कुरा मात्रै हुन्छ,’ सचिवालयका एक सदस्यका अनुसार बुधबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘कोरोनापछि मैले पनि छाडौँला, विकल्पमा वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने मेरो प्रस्ताव छ ।’

वामदेवलाई एउटा निर्वाचन क्षेत्रमा प्रत्यक्ष लडाएर वा संविधान संशोधन गरी राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री बनाउने व्यवस्था गरेर अघि बढ्न सकिने उनको प्रस्ताव थियो । त्यस्तै ओलीले वरिष्ठ नेता नेपालको वरीयता पनि अपुग भएको भन्दै तीनजना पार्टी अध्यक्ष बनाएर नेपाललाई पनि अध्यक्ष बनाउने प्रस्ताव अगाडि सारेका छन् । 

निर्वाचित जनप्रतिनिधिलाई राजीनामा गराएर उपनिर्वाचनमा वामदेव गौतमको पक्षमा जनमत जुटाउन सहज छैन, राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधन गर्न नेकपासँग दुईतिहाई छैन, तर पनि प्रस्तावले वामदेव उत्साही भएका छन् ।

ओलीको प्रस्तावलाई सकारात्मक भन्दै गौतमले यो विषयमा औपचारिक निर्णय गर्न प्रस्ताव गरेका थिए । उनको भनाइ थियो, ‘प्रधानमन्त्रीज्यूले अगाडि सारेको प्रस्ताव ठीकै छ । यसलाई सकारात्मक रूपमै लिउँ । तर, पार्टी बैठकमै प्रवेश गराएर निर्णय गरौँ । आजै गरे पनि गरौँ । सचिवालयमै निर्णय भयो भने स्थायी समितिमा जानैपर्छ भन्ने पनि छैन ।’

तर, गौतमले फेरि विगतमै जस्तै धोका हुने हो कि भनेर आशंका पनि व्यक्त गरेका थिए । वामदेवलाई राष्ट्रिय सभा सदस्य मात्र बनाउने पार्टी सचिवालयको निर्णय प्रधानमन्त्री ओलीकै कारण अलपत्र परेको छ । राष्ट्रपतिबाट मनोनीत हुने एक सिटमा गौतमलाई  फागुनमै सचिवालयले गरेको निर्णय ओलीले अस्वीकार गरेका थिए । 

त्यस्तै पार्टी एकता हुँदा तेस्रो वरीयतामा रहेका नेता नेपालका ठाउँमा ओलीले गत साउनमा झलनाथ खनाललाई ल्याएपछि नेपालले पनि अपमानित महसुस गरेका थिए । सो विषयमा विवाद बढेपछि लामो समयसम्म ओली र नेपालबीच संवाद पनि भएको थिएन । 

प्रधानमन्त्री ओलीले बैठकको सुरुमै अर्का अध्यक्ष प्रचण्डलाई आफ्ना धारणा राख्न आग्रह गरेका थिए । केन्द्रीय समिति बैठकले ऊर्जा भरेको पार्टीलाई सरकारको कदमले पछाडि धकेलेको र परिस्थिति जटिल हुँदै गएकाले प्रधानमन्त्रीले राजीनामा दिनु नै उपयुक्त हुने धारणा उनले राखेका थिए । सचिवालयका एक सदस्यका अनुसार प्रचण्डको भनाइ थियो, ‘सरकारको कदम र तपाईंको कार्यशैलीले पार्टी फुटको दिशातिर गएको छ । अध्यादेश ल्याएर बबन्डर गर्नुभयो । पार्टी र देशका लागि पनि तपाईंले प्रधानमन्त्री पदबाट राजीनामा दिनु नै सबैभन्दा उपयुक्त हुन्छ ।’

महासचिव विष्णु पौडेलले पार्टी विवाद समाधानका लागि प्रधानमन्त्री ओलीले अगाडि सारेको प्रस्ताव सही विकल्प भएको बताएका थिए । नेता ईश्वर पोखरेलले पनि प्रधानमन्त्रीको प्रस्तावमा आफ्नो समर्थन रहेको बताएका थिए । तर, यो विषयमा थप छलफल आगामी बैठकमा मात्र गर्ने निर्णय भएको छ । 

प्रधानमन्त्री ओलीले बैठकको सुरुमै अर्का अध्यक्ष प्रचण्डलाई आफ्ना धारणा राख्न आग्रह गरेका थिए । केन्द्रीय समिति बैठकले ऊर्जा भरेको पार्टीलाई सरकारको कदमले पछाडि धकेलेको र परिस्थिति जटिल हुँदै गएकाले प्रधानमन्त्रीले राजीनामा दिनु नै उपयुक्त हुने धारणा उनले राखेका थिए । सचिवालयका एक सदस्यका अनुसार प्रचण्डको भनाइ थियो, ‘सरकारको कदम र तपाईंको कार्यशैलीले पार्टी फुटको दिशातिर गएको छ । अध्यादेश ल्याएर बबन्डर गर्नुभयो । पार्टी र देशका लागि पनि तपाईंले प्रधानमन्त्री पदबाट राजीनामा दिनु नै सबैभन्दा उपयुक्त हुन्छ ।’

प्रचण्डपछि बोलेका वरिष्ठ नेता नेपालले पार्टी, सरकार र प्रधानमन्त्री आफैँको पनि प्रतिष्ठा धुमिल भएकाले राजीनामा दिएर निकास दिनुपर्ने प्रस्ताव गरे । ‘हेर्नुस्, सुन्दा नमिठो लाग्ला । प्रधानमन्त्रीका रूपमा तपाईंको प्रतिष्ठा घटेको छ । तपाईं त होइन भन्नुहोला, सरकारको पनि प्रतिष्ठा कहाँ पुग्यो कहाँ । अब सरकारको नेतृत्वको निरन्तरता तपाईंबाट सम्भव नै छैन । तपाईं सक्नुहुन्न । पार्टी, जनता र सबै परिवेश बुझेर राजीनामा दिँदा नै तपाईंको, पार्टीको र देशको पनि हित हुन्छ,’ नेता नेपालको भनाइ थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation