
“नागरिक जागरण संजाल नेपाल द्वरा आयोजित परिचयात्मक तथा स्थानिय तह र टोल विकास संस्था विच अन्तरक्रिया कार्यक्रम-२०८०” सैनामैना नगरपालिका वार्ड न. ९ मा सम्पन्न भएको छ । नागरिक जागरण संजाल नेपाल का अध्यक्ष नेत्र प्रसाद लामिछाने को अध्यक्षता तथा सैनामैना वार्ड न-९ का वार्ड अध्यक्ष भानुभक्त पाण्डे को प्रमुख अथित्यता, सैनामैना नगरपालिका का कार्यपालिका सदस्य टेकबहादुर विश्वकर्मा को विशिष्ट अथिती र जनप्रतिनिधि एंव ८ वटै टोल विकास संस्थाको अध्यक्ष तथा प्रतिनिधि हरुको अथित्यता मा संचालन भएको कार्यक्रम मा सैनामैना नगरपालिका वार्ड न.९ का समसामयिक विषयमा टोल विकास संस्थाहरु बाट राखिएका प्रश्नको जवाफ वार्ड अध्यक्ष ले दिदै हाल वार्डमा देखिएका समस्याहरु वार्ड भित्रै बाट सम्पुर्ण को साथ सहयोग ले समाधान गर्न सकिने बताउनु भयो ।
संस्थाको कानुनी सल्लाहकार मा ओमप्रकाश पौडेल, एंव सल्लाहकारहरुमा लिलाधर भण्डारी, तुलराज ज्ञवाली, नेत्र प्रसाद न्यौपाने, लिलाराम तिवारी, डोलनाथ भन्डारी, सीता पौडेल, वेदराज भन्डारी(दिपक)र तुल्सीप्रसाद रिजाल लाई मनोनयन पत्र प्रमुख अथिती र अध्यक्ष एंव अथिती हरुले हस्तान्तरण गर्नुभएको थियो ।
स्थानिय तह र टोल विकास संस्था विच राखिएको अन्तरक्रिया कार्यक्रम वार्ड भित्र हुने भए गरेका योजनाका कार्यक्रम हरु पारदर्शी ढंग र गुणस्तरीय एंव सम्पुर्ण टोल मा समानान्तर तवर ले होस तथा वार्डवासी हरु सम्पुर्ण लाई स्थानिय सरकारको आभाष वार्ड कार्यलय बाट नै होस, वार्डका सर्वसाधारण र स्थानिय सरकार विचको दुरी कम गर्ने माध्यम टोल विकास संस्था होस भन्ने उद्देश्यले नै नागरिक जागरण संजाल नेपाल सामाजिक संस्थाले संस्थाको परिचयात्मक कार्यक्रम संगै अन्तरक्रिया कार्यक्रम मार्फत स्थानिय तहमा बहस होस र निस्कर्ष निस्कोस भन्ने लक्ष्य सहित नागरिक जागरण संजाल नेपाले ले आयोजना गरिएको थियो । कार्यक्रम संचालन गर्दा भएका खर्च व्यवस्थापन संस्थाको कोषाध्यक्ष तथा सामाजिक अभियन्ता आनन्द गिरी, संस्थाको सल्लाहकार हरु नेत्र प्रसाद न्यौपाने र लिलाराम तिवारी ले गर्नुभएको कार्यक्रम संस्थाको सचिव हुमकला भण्डारी को स्वागत मन्तव्य र सह-सचिव मुकुन्द दुधराज को संचालन मा सम्पन्न भएको थियो ।