यमनमा कोरोनाका पाँच नयाँ संक्रमित भेटिए, स्थिती भयावह हुनसक्ने चेतावनी

काठमाडौं – बैशाख १८, २०७७

यमनमा कोभिड–१९ का पाँच नयाँ संक्रमित भेटिएका छन् । यसको ठिक एकदिन अघि संयुक्त राष्ट्रले ‘युद्धले जर्जर भइसकेको यमनमा कोरोना भाइरस फैलिरहेको छ’ भन्दै चेतावनी दिएको थियो ।

यसअघि यमनमा एकजना मात्रै संक्रमितबारे जानकारी थियो । स्वास्थ्यकर्मीका अनुसार यमनजस्तो देशमा कोरोना संक्रमण फैलिनु निकै खतरनाक हुनसक्छ । पाँच वर्षभन्दा बढी समयसम्म चलेको गृहयुद्धले यमनलाई ध्वस्त पारेको छ र यहाँको स्वास्थ्य सेवा लगभग मृत छ ।

यतिमात्रै होइन, संयुक्त राष्ट्रको आँकडा अनुसार यमनको एक करोड बढी जनसंख्या भोकमरीको स्थितीमा छ र दुई करोड जनसंख्यासँग पिउनका लागि सफा पानी, सरसफाई र अन्य मूलभूत सुविधासमेत छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation