बलिउड अभिनेता ऋषि कपुरको निधन

मुम्बइ : बलिउड अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ ।

दुई वर्षदेखि क्यान्सरसँग जुधिरहेका ऋषिको मुम्बइस्थित सर एचएन रिलायन्स फाउन्डेशन हस्पिटलमा बिहीबार बिहान निधन भएको हो । बलिउड अभिनेत्री नितु कपुर उनकी पत्नी हुन् भने अभिनेता रणविर कपुर उनका छोरा ।

ऋषिका भाइ बलिउड अभिनेता रणधिर कपुरले उनको निधनको खबर सार्वजनिक गरेका हुन् । ऋषिको निधनप्रति बलिउडनका थुप्रै कलाकारहरुले दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

अभिनेता अमिताभ बच्चनले ट्वीटरमार्फत ऋषिको निधन भएको र यस खबरबाट आफू विक्षिप्त भएको प्रतिक्रिया दिए । यस्तै अक्षय कुमारले इरफानको निधन लगत्तै ऋषिको निधन भएकोमा बलिउडमा दुस्वप्न भएको बताएका छन् ।

अघिल्लो दिन बुधबार मात्रै बलिउडका अर्का कलाकार इरफान खानको क्यान्सरकै कारण निधन भएको थियो । दुईजना सफल बलिउडकर्मीको निधनप्रति भारतीय कांग्रेस नेता राहुल गान्धीले पनि दुख व्यक्त गर्दै यो डरलाग्दो हप्ता भएको प्रतिक्रिया दिए । ऋषि पछिल्लो समय अभिनयमा सक्रिय थिएनन् । थुप्रै फिल्ममा अभिनय गरेका पुरानो पुस्ताका अभिनेता कपुरको पहिरन वा हेयर स्टाइल कुनै बेला स्टाइल नै बन्ने गथ्र्यो । # aurmapurnapost

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation