प्रचण्ड–नेपाल पक्षका नेता भन्छन् : ओलीको क्षेप्यास्त्र खेर जान्छ

१८ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले कोरोनाको संकट समाधान भएपछि बादमेव गौतमलाई प्रधानमन्त्री बनाउने र माधवकुमार नेपाल तेस्रो अध्यक्ष हुने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव अस्वीकार गर्ने संकेत गरेका छन् ।

अध्यादेश प्रकरणसँगै पार्टीमा एक्लिएका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले बुधबार साँझ बसेको नेकपा सचिवालय बैठकमा नयाँ कार्ड फालेका थिए । तर, यो कार्ड बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन वा पार्टीमा देखिएको विवाद समाधान गर्न नभई प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमबीच भएको मोर्चाबन्दी भाँड्न आएको नेताहरुले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation