नियत भैँसेपाटी गठबन्धन तोड्ने

प्रधानमन्त्रीको गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव सके भैँसेपाटी गठबन्धन फुटाउने, नसके उनीहरूको प्रस्ताव नै हल्का बनाउने हो । भैँसेपाटी गठबन्धनले अहिले नै ओलीले राजीनामा दिनुपर्ने माग राखेका छन् ।

ओलीले माधवकुमार नेपालको अध्यक्ष कम प्रधानमन्त्री बढी बन्ने चाहना बुझेका छन् । त्यही भएर ओलीले उनको योजना नै बिथोल्ने गरी प्रस्ताव गरेको एक स्थायी कमिटी सदस्यको दाबी छ ।

बेमौसमी बाजा

अहिले विश्व कोरोना भाइरसको सन्त्रासमा छ । यसले विश्व नै लकडाउनमा छ । विश्व तत्काल लयमा फर्कने अवस्थामा छैन । नेपालमा तत्काल उपनिर्वाचन गरेर गौतमलाई सांसद बनाउने अवस्था पनि छैन ।

अझ प्रधानमन्त्रीले कोरोना भाइरस सकिएपछि प्रधानमन्त्री बनाउने भनेका छन् । यस कारण गौतमको प्रधानमन्त्री हुने चाहना र ओलीको प्रस्ताव एकादेशको कथा नभए पनि कम्तिमा पनि तत्काल सम्भव छैन ।

त्यसो भए ओलीले गौतमको खिल्ली उडाउन र नेपालको सेखी झार्न प्रधानमन्त्रीको ‘पासा’ फ्याँकेका हुन् ?

नेकपा सचिवालयका एक सदस्य भन्छन्, ‘ओली साउथ इण्डियन फिल्मी शैलीमा अगाडि हेरेर पछाडिको मान्छेलाई गोलीले ढाल्ने मान्छे हुन्,’ उनी थप्छन्, ‘यस पटक माधव नेपाल अगाडि छन्, वामदेव गौतम पछाडि । तर, निशाना पछाडि नै लाग्नेवाला छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation