गल्तीनै थाहा नभई भोगेको हिरासत

गौरव खनाल

कुरा केहि समय पहिलाको हो । भर्खरै मात्रै पत्रकारिता क्षेत्रमा कलम चालउन थालेको मैले सुरुवाती अवस्थामा नै नराम्रोसँग ठेस लाग्यो । अरु कुनैले गरेको गल्तीको कारण यसको पूरै सजाय मैले भोगे । तर, पछि अदालतबाट नै म निर्दो रहेको फैसला भयो ।एउटा साधारण किसानको छोरा म दिनभर कमाई गरि दिन कटाउने किसानको छोरा म । बाउले गाउँमा जमिनदारसँग पैसा सापटी गरी–गरी सहरको क्याम्पसमा धनीहरुको बीचमा पढेको मान्छे म । आफ्नो उच्च माध्यामिक शिक्षा पढाई सकाएर सानैदेखि सामाज परिवर्तन गर्न चाहाना लिने मान्छे म । पत्रकारिताबाट परिवर्तन गर्न सकिन्छ भन्दै पत्रकार बन्ने सपना लिएर सहरमा भौतारिँदै रहेको म ।

समाज परिवर्तनको अठोट लिएर पत्रकारितामा उभिन खोज्दा–खोज्दै बिचबाटो मै लडाउने भेटिँदा रहेछन् । समाज सजिलै परिवर्तन गर्न सकिन्छ जस्तो लाग्थ्यो तर, रहेन छ । एक दिनको कुरा हो जुनदिन आफ्नो सदाको जस्तै काम सक्काएर घर गएको दिन । म माथि एउटा धेरै ठूलो वज्रपात भयो । त्यो दिनदेखि बिना गल्तिकोे सजाए भोग्ने दिन आए । एक कुराले मनमा नराम्रो आभास भई रहेको थियो त अर्को तिर रुख चढ्ने नै लड्छ भन्ने कुरा मेरो जीवनमा लागू भएको दिनहो ।

त्यस दिनदेखि प्रहरीको निगरानीमा हिरासतमा बस्ने दिन भए ।घरमा बुटवल भनेर हिडाएको प्रहरीले बाटोमा लैजाने क्रममा बल्ल थाहा भयो कि भैरहवा लैजादै छ । एक दिनको भैरहवा हिरासतको बसाइपछि अर्काे दिन भैरहवा विमानस्थल हुँदै जहाजबाट काठमाडौं लगियो । काठमाडौं त्रिभुवन विमानस्थलबाट सिँधै माहनगरीय प्रहरी परिसरको टोलीले मलाई त्यहाँ लिन आएको थियो ।मलाई त्यहिँबाट सिधै महानगरीय परिसरमा लगियो त्यहाँ मलाई केही कुरा सोधियो । तर, त्यहाँ मेरो कुनै कुरा सुनिएन । मलाई त्यहिँबाट सिधै महानगरीय परिसरमा लगियो त्यहाँ मलाई केहि कुरा सोधियो । तर त्यहाँ पनि मेरो कुनै कुरा नसुनी मैले नगरेको गल्तिको सजाए भोग्ने भएँ र मलाई कार्यालय भन्दा अलि अगाडि धेरै मानिसहरु रहेका एउटा बन्द कोठामा लगियो । अझैपनि मलाई लाग्थ्यो ,सामान्य सोधपुछ पछि मलाई छोडिन्छ । तर, त्यो भएन । म अब आफूले नगरेको सजाय भोग्नुपर्ने थियो

सोेही अनुसार कोठामा ति धेरे मानिसहरुको भिडमा म भने बिना गल्तिको अपराधी भएर त्यो कोठामा बस्ने भएँ । त्यो पहिलो रात, नयाँ ठाउँ, त्यो पनि प्रहरी हिरासतमा आखाँ बन्दै नभई ज्यालोको पखाईमा गयो । अब अर्काे दिन सुरु भयो । त्यहिँ केहि साथीहरु पनि बने ।
त्यहाँ कुनै किसिमको यातना दिइँदैनथ्यो । तरपनि मनमा यातनाको भारी भन्दा अरु केहि हुँदैनथ्यो । आखाँभरी आँसुको गह भँरिदै मेरो दुई दिनको हिरासतको बसाई हुँदै अब कती दिन बस्नु भन्ने कुनै निदो थिएन । निस्कने दिनका आस हराउँदै गयो नगरेको गल्ति भोग्दै थिएँ । कपिलबस्तुबाट रुपन्देही हुँदै काठमाण्डौंसम्म लागिएको मलाई छिट्टै छोडिएला भन्ने विश्वास रहेन ।

त्यहाँ बस्दा भएका केहि साथीहरु पनि विभिन्न घटनाबाट आएका थिए । ती मध्ये साइबर क्राइमका साथीहरु पनि थिए । एकआपसमा कुराहरु साटा–साट हुन्थे । सामान्य बस्नुनै थियो । तर, हिरासतनै थियो । आखिर जहाँ बिना यातनापनि मानसिक यातना लागिरहन्थ्यो । मनमा अब के हुने हो भन्ने चिन्ता लागिरहन्थ्यो । पीडा झन–झन् बढिरहन्थ्यो । अन्ततः हिरासत् उफ् मानसिक त्रासका १० दिन बिते ।

केही समय पहिला मात्रै अदालतले फैसला गरी मेरो कुनै पनि दोष नभएको भनेको छ । खासगरी कुरो के रहेछ भने अन्य कुनै एकजना व्याक्तिले हिंसात्मक विषयबस्तु फेसवुकमा राखेको रहेछ । मैले भर्खरै मात्रै सञ्चालन गरेको अनलाइन,अनलाईन आवाज डटकम थियो । फेसबुकमा सोही नामको फेक आइडी बनाएर त्यो व्याक्तिले विदेशबाट मेरो अनलाइनको जस्तै नाम बनाएर आइडी बनाई उक्त समाचार पोष्टिएको रहेछ । त्यो विषयमा मलाई थाहानै थिएन । तर,प्रहरीले १०÷१० दिन सम्मलाई लगेर थुन्यो, मुद्दा समेत चलायो । ‘धान चोर्ने मुसो,चोट पाउने बिरालो’ भने जस्तै मैले कुनै अरुको कामले मैले सजाय भोग्नुपर्यो ।

म आफैलाई थाहा नभएको विषयमा मैले नै गरेको भनेर उनीहरुले मलाई मेरो घर कपिलवस्तु नै आएर मलाई लगेर थुने, हिरासतमा राखे । तर, सम्म्मानित अदालतले मेरो पक्षमा फैसला गरेको छ । मेरो कुनैपनि गल्ती बिना नै मलाई थुनेको कारण यस विषयमा फ्रीडम फोरमले समेत कुरा उठाएको छ । जो व्याक्ति,जसले सामाजिक सञ्जालमा उक्त विध्वंसवाला तस्विर, पोष्ट गरेको थियो । त्यो व्याक्ति पक्राउ गरी कारवाही गर्नुको सट्टा अनाहटमा मलाई पक्राउ गरेर दुःख दिइयो । त्यो मेरो जीवनको सबैभन्दा ठूलो दुर्घटना हो ।

हिन्दीमा एउटा भनाई छ । ‘देर आए ,दुरुस्त आए’ त्यस्तै ढिलैभएपनि म निर्दोष सावित भएँ । मैले गल्ती गरेको थिएन ,सही ठहरिएँ । कानून अनुसार पनि निर्दोषले सजाए पाउनु हुँदैन भन्ने छ । तर,मैले भने केहि सजाय भोगेँ । सम्मानित अदालतको आदेशसँगै न्यायालयप्रतिको विस्वास गुम्न पाएन । अहिले खुशी छु । पत्रकारिताा क्षेत्र मार्फत समाजमा केहि गर्ने अठोट झन् बलियो भएको छ। मेरो त्यो समयको दौरानमा साथदिने पत्रकार महासंघ केन्द्रीय समित, प्रदेश समिति, रुपन्देही समिति सबैलाई हार्दिक अभार व्यक्त गर्दछु।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation