अपडेट : वडा अध्यक्ष माथी गोली प्रहार

चन्द्रदेव मिश्रा मर्यादपुर, कपिलवस्तु

कपिलवस्तुको यशोधरा गाँउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सहाबुद्दिन मुसलमान माथी गोली प्रहार भएको छ । बिहिबार राती करिब १ बजेको समयमा वडा ८ को खोरिया गाँउमा आफ्नै घरमा सुतेका वडा अध्यक्ष मुसलमान माथी चार राउण्ड गोली प्रहार भएको हो । दुई जना अज्ञात व्यक्तिले रिवाल्वरले उनी माथी गोली प्रहार गरेको भए पनि वडा अध्यक्ष मुसलमानलाई प्रहार भएका कुनै गोली लागेन । गोली प्रहारको घटनामा संलग्नता रहेको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरिक्षक सुनिल मल्लले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation