प्रचण्ड-नेपाल भेटवार्ता

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  र बरिष्ठ नेता माधवकुमार नेपालबीच शुक्रबार भेट भएको छ।

शुक्रबार साँझ नेपाल निवास कोटेश्वरमा दुई नेताबीच नेकपाभित्र देखिएको पछिल्लो विवादबारे छलफल भएको हो।

नेकपाभित्र गहिरिँदै गएको राजनीतिक संकटमा प्रचण्डनेपाल अहिलेसम्म सँगै छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार छोड्नु पर्ने उनीहरूको भनाइ छ। प्रधानमन्त्री ओलीले आफूले कोरोनाको संक्रमणबाट पार पाएपछि सत्ता छोड्ने तर प्रधानमन्त्री वामदेव गौतम बन्नुपर्ने प्रस्ताव गरेका छन्।

प्रधानमन्त्रीको यस्तो प्रस्ताव आएपछि शनिबार बस्ने सचिवालय बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे प्रचण्डनेपालबीच छलफल भएको बताइएको छ।

नेपाललाई भेट्नुअघि प्रचण्डले बालुवाटारमा प्रधानमन्त्री ओलीसँग पनि छलफल गरेको स्रोतले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation