प्रचण्डको सक्रियता, निकटले दिएपछि नफर्कने सन्देश

८ वैशाखमा सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद चरम उत्कर्षमा पुगेको छ ।

अहिले नेकपामा २ समूहबीच वारपारको लडाइँ चलेको छ । एकातर्फ अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली छन् भने अर्कोतर्फ अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल छन् ।

सरकारले १२ वैशाखमा अध्यादेश फिर्ता लिए पनि नेकपाको विवाद भने साम्य भएको छैन । १७ वैशाखमा बसेको सचिवालयको बैठकमा ९ जना सदस्यमा ५ जनाले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरेका थिए । ५ जना सचिवालयका सदस्यले राजीनामा मागेपछि ओली अल्पमतमा परेका छन् ।

तर पनि ओलीले विभिन्न पासा फालिरहेका छन् । त्यहि मध्यको सबैभन्दा पछिल्लो पासा हो– उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने । जब कि अहिलेको संविधानअनुसार उनी प्रधानमन्त्री होइन, सांसद बन्ने बाटोसमेत बन्द छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation