कपिलवस्तु जेसिसद्वारा स्वास्थ्य सामाग्री हस्तानतरण

कपिलवस्तु, वैशाख १९

कपिलवस्तु जेसिसद्वारा कपिलवस्तु जिल्लाका संचार संस्थान र वडा प्रहरी कायार्ललय ताैलिहवालाइ स्वास्थ्य सामाग्री हस्तानतरण गरेकाे छ । जेसिस कपिलवस्तुले कपिलवस्तु जिल्लामा संचालनमा रहेका १५ वटा संचार गृह र वडा प्रहरी कार्यालय तौलिहवा कपिलवस्तु लाई गरि ३ सय पिस मास्क, सेनिटाईजर र पन्जा हस्तानतरण जेसिस कपिलवस्तुका अध्यक्ष मनोज खात्रीले जानकारी दिएका छन् ।

अहिले विश्व भर महामारीकाे रूपमा फैलिएकाे कोरोना भाईरस, कोभिड १९ को संत्रास छ । जेसिस कपिवलस्तुका महासचिव प्रविन पौडेलले कोरोना भाईरसको जोखिमका बावजुत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीले अहोरात्र खटेर काम गरिहेको भन्दै सुरक्षित तरिकाले कार्यस्थलमा काम गर्न सहजताका लागि संचारकर्मीलाई सो सामग्री प्रदान गरिएको बताए ।

उनले यस्तो जोखिमका बेला यो सामग्रीले संचारकर्मीलाई फिल्डका काम गर्न सजिलो हुने बिश्वास ब्यक्त गरे । उक्त समाग्रीहरु साझा हस्पीटल बुटवल , कपिलवस्तु वन पैदवर र हथाैसा लिटिल स्टार ओदरीको सहयोग र कपिलवस्तु जेसिसको सहकार्यमा प्रदान गरिएको हो । हस्तानतरण कार्यक्रममा कपिलवस्तु जेसिसका अध्यक्ष मनोज खत्री , महासचिव प्रविन पौडेल , अमित घिमिरे ,हेमत गिरी लगाएतको उपस्थति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation