के छ नेपालमा कोरोना संक्रमणको अवस्था ?

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा ५९ जनामा देखिएको छ । यसमध्ये १६ जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । 

विभिन्न अस्पतालमा ४३ कोरोना संक्रमितको उपचार भइरहेको छ । उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।  संक्रमित ४९ पुरुष रहेका छन् भने १० महिला रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

देशभर कोरोनाको आंशकामा ९४ जना आइसोेलेसनमा छन् । उनीहरुको परीक्षण भइरहेको छ । काठमाडौ उपत्यकमा ५ र उपत्यका बाहिर ८९ जना छन् । 

२४ हजार ९०७ क्वारेन्टाइनमा बसेका छन् । अहिलेसम्म ४७ हजार ७९७ जनामा आरडीटी परीक्षण गरिएको छ भने १२ हजार ५७७ जनामा पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

आफूलाई संक्रमणको आशंका लागेमा स्वास्थ्य संस्थामा गएर परीक्षण गर्न सरकारले नागरिकसमक्ष आग्रह गर्दै आएको छ । 

कोरोनाको संक्रमण पछि निको भएकाहरुले उच्च मनोवल बनाएर नियमित रुपमा तातो पानीको पिउने तथा व्यायाम गरे कोरोनाको संक्रमणलाई जित्न सकिने बताउँदै आएका छन् । 

सरकारले कोरोना संक्रमणको जोखिम कम गर्नका लागि भन्दै देशभर लकडाउन गर्दै आएको छ । अत्यावश्यक सेवाका बाहेक सबै सेवा बन्द छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण शनिबार बिहानसम्म २ लाख ३९ हजार ५६६ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या ३१ लाख नाघिसकेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation