न्यू एकेडेमीकाे बार्षिकाेत्सव तथा अभिभावक दिवस सम्पन्न

माघ २४, सैनामैना ।
रुपन्देहीको सैनामैनामा रहेकाे न्यू एकेडेमी बोडिङ्ग स्कुलले आफ्नो १९ अैा बार्षिकाेत्सव एव अभिभावक दिवस बुधबार सम्पन्न गरेकाे छ ।

न्यू एकेडेमी बाेडिङ स्कुलले शैक्षिक परिणामसंगै सामाजिक गतिबिधिमा समेत उत्कृष्ट र उदाहरणीय काम गर्दै आएकाे सैनामैनाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले कार्यक्रमलाई सम्बाेधन गर्दै बताउनु भएको थियाे ।  न्यू एकेडेमी बाेडिङ यस क्षेत्रमा शिक्षामा एक अब्बल संस्थाकाे रुपमा आफ्नाे पहिचान बनाउदै गएकाे बताउदै प्रमुख शर्माले अब बिधालयहरुले बिधार्थीलाई असल संस्कार र ब्यवहारीक ज्ञानकाे बिकास कसरी गर्न सकिन्छ भन्ने तर्फ पनि ध्यान पुर्‍याउन अति आवश्यक रहेकाे बताउनु भएको थियाे ।

शिक्षासंगै बिधार्थीहरुमा अतिरिक्त क्रियाकलाप समेत अगाडी बढाउन जरुरी रहेकाे सैनामैनाका उपप्रमुख बिना रानाले बताउनु भएको थियाे । पछिल्लाे समय प्रबृधिले फड्काे मार्दै गएकाेले प्राबिधिक र ब्यवहारिक शिक्षा कसरी प्रवाह गर्न सकिन्छ भन्ने तर्फ सराेकारवाला सबैकाे ध्यान पुग्न आवश्यक रहेकाे समेत उपप्रमुख रानाकाे भनाई थियाे । सैनामैना नगरपालिकाले बर्षेनि शिक्षालाई विशेष प्राथमिकतामा राखेर बजेट बिनियाेजन गर्दै आएकाे समेत रानाले बताउनु भयाे ।

समय सापेक्ष र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले यस बिधालयकाे स्थापना गरिएकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनप्रसाद पौडेलले बताउनु भयाे ।

समयकाे आवश्यकता र माग बमाेजिमकाे शिक्षा कसरी प्रदान गर्न सकिन्छ भन्ने तर्फ बिधालय संचालकहरुले विभिन्न याेजना बनाउदै आएकाे र यस लागि सम्पुर्ण सराेकार पक्ष र अभिभावकहरुकाे राय,सल्लाह र सुझावकाे खाचाे रहेकाे समेत अध्यक्ष पाैडेलकाे भनाई थियाे । भबिष्यमा एक समुन्नत, शैक्षिक गुणस्तर कायम भएको र अभिभावक र बिधार्थीहरुकाे राेजाईकाे र गाैरव गर्न सकिने शैक्षिक संस्थाकाे रुपमा बिकास गर्ने लक्ष्य यस बिधालय संचालकहरुकाे रहेकाे समेत पाैडेलले बताउनु भएको थियाे । बिधालयलाई यहासम्म पुर्याउन सहयाेगी सम्पुर्ण अभिभावक, बिधार्थी, शिक्षकशिक्षिका, बिधालयका कर्माचारी एव सराेकार सबैमा अध्यक्ष पाैडेलले धन्यवाद ब्यक्त गर्नु भएको थियाे ।

विद्यालयले विद्यार्थीहरुलाई पठपाठनमा मात्र नभइ खेलकुद तथा मनोरञ्जनात्मक प्रतियोगिताहरुमा पनि सहभागी गराउदै आएकाे र बिधालयले विभिन्न क्षेत्रमा उत्कृष्ट नतिजा दिदै आएकाे बिधालयका प्रधानाध्यापक टाेपलाल भट्टराईले बताउनु भएको थियाे ।

कार्यक्रममा दिप बाेर्डिङका प्रधानाध्यापक टिकाराम न्याैपाने, अक्सफाेर्ड कलेजका प्राचार्य दिनेश भुषाल लगायतले शुभकामना मन्तब्य दिनु भएको थियाे ।

कार्यक्रमकाे अवसरमा बिधार्थीहरुले बिविध साँस्कृतिक कार्यक्रम र नृत्य प्रस्तुत गरेका थिए । साेही अवसरमा बिधालयले उत्कृष्ट बिधार्थीहरुलाई पुरुस्कार तथा मेडल प्रदान गरेकाे थियाे ।

बिधालय परिसर सैनामैना २ मा सम्पन्न कार्यक्रममा स्कुलका एकेडेमिक चिप नबिन प्रभुकाे स्वागत रहेकाे थियाे भने बिधालयका शिक्षक नवराज भुषालले कार्यक्रम संचालन गर्नु भएको थियाे ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation