सचिवालय बैठकअघि नै प्रधानमन्त्रीले पुराए बहुमत, प्रधानमन्त्रीले , के गर्लान माधव र प्रचण्ड !

सचिवालय बैठकअघि वामदेव, बादल र विष्णु पौडेल बालुवाटारमा, प्रधानमन्त्रीको पक्षमा बहुमत

काठमाडौं । नेकपा सचिवालय बैठक बस्नुपूर्व सचिवालय सदस्यहरु बामदेव गौतमल, गृहमन्त्री समेत रहेका रामबहादुरथापा बादल र विष्णु पौडेल बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री सचिवालयका एक सदस्यका अनुसार उनीहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरेका छन् ।

छलफलका क्रममा उनीहरुबीच तत्काल प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने सहमति भएको छ ।

बैठक साढे ५ बजे बस्दैछ । उनीहरु प्रधानमन्त्रीको पक्षमा लागेसँगै नेकपा सचिवालयमा प्रधानमन्त्रीको पक्षमा बहुमत पुगेको छ । प्रधानमन्त्रीसँग उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री बादल, विष्णु पौडेल र वामदेव गौतम गरी ५ सदस्य छन् ।

अन्य पक्षमा अध्यक्ष प्रचण्ड, नेता माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ देखिएका छन् ।

बैठकबाट के निर्णय हुने हो प्रतिक्षाको विषय छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation