सचिवालय बैठकअघि राष्ट्रपति प्रधानमन्त्री, भेट

काठमाडौं । चर्को विवादका बीच बस्न लागेको पार्टी सचिवालय बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले दौडधुप जारी राखेका छन् । आज मात्रै उनले बालुवाटारमा पार्टीका शीर्ष नेताहरुसँग भेटेका छन् ।

त्यससँगै बैठकअघि ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

केहीबेर अघि प्रधानमन्त्री ओली शीतलनिवास पुगेको राष्ट्रपतिको कार्यालयले पुष्टि गरेको छ । उनीहरुबीच अहिले भेटवार्ता जारी रहेको छ ।#उज्यालो नेटवर्क

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation