के बन्लान काेराना महामारी पछी बामदेव प्रधानमन्त्री ?

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमका लागि पाल्पा निर्वाचन क्षेत्र नम्बर-१ खालि गराएर प्रतिनिधिसभामा लैजाने सहमति बनेपछि नेकपाभित्रको समिकरण फेरिएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा लागेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गठबन्धनमा सामेल भएका उपाध्यक्ष बामदेव गौतम अन्तिम समयमा आएर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा पुगेका छन् ।

उनि पाल्पा निर्वाचन क्षेत्र नम्बर-१ बाट निर्वाचित साँसद दलबहादुर रानालाई राजिनामा गर्न लगाएर उक्त क्षेत्रबाट गौतमलाई निर्वाचित गराएर प्रतिनिधिसभामा लैजाने र प्रधानमन्त्री बनाउने महासचिव विष्णु पौडेलले तारतम्य मिलाएपछि गौतम प्रम ओलीको पक्षमा उभिएका हुन् ।

गएको वुधबार बसेको सचिवालय वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदत्याग गर्नुपरे कोभिड-१९ महामारीपछि बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने गरी पदत्याग गर्ने प्रस्ताव गरेका थिए ।

त्यहाँदेखि नै गौतम, दाहाल-नेपाल गठबन्धनका वैठकमा सहभागि हुन छोडेका थिए । पाल्पा निर्वाचन क्षेत्र नम्वर १ बाट निर्वाचित साँसद दलबहादुर रानाले भने आफूले यसबारे सञ्चारमाध्यमसंग नबोल्ने प्रतिक्रिया दिए ।

“मेरो कोही नेताहरुसंग सम्पर्क नै भएको छैन, मलाई यस बारेमा केही जानकारी छैन, मसंग नसोध्नुस, अहिलेको परिस्थिति बारे नेताहरुलाई नै जानकारी होला” रानाले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation