मंगलबार प्रधानमन्त्रीको उपस्थितिमा उच्चस्तरीय समिति बैठक

सरकारले जारी लकडाउनलाई सात दिन थप्ने तयारी गरेको छ।

सोमबार सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकमा लकडाउन लम्ब्याउनु पर्नेबारे छलफल भएको थियो।

लकडाउन लम्ब्याइए पनि कोरोना संक्रमणको अवस्था हेरी विभिन्न ठाउँमा खुकुलो पार्ने समेत सरकारको तयारी रहेको बैठकमा उपस्थित एक मन्त्रीले बताए।

‘बैठकमा लकडाउन सात दिन थप्नेबारे छलफल भएको हो। तर संक्रमणको अवस्था हेरी विभिन्न ठाउँमा खुकुलो पार्न सकिने पनि सुझाव आएको छ’, ती मन्त्रीले भने।

जारी लकडाउन २५ गते सकिँदै छ।

यसबारेमा मोडालिटी तयार पार्न स्वास्थ्य, रक्षा, गृहलगायतका सचिवलाई निर्देशन दिइएको छ।

यसैबीच मंगलबार ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले समन्वय समितिमा रहेका मन्त्री र सम्बन्धित अन्य मन्त्रीसँग छलफल गर्ने भएका छन्।

प्रधानामन्त्री निवास बालुवाटारमा हुने बैठकले लकडाउनको मोडालिटीलाई अन्तिम रूप दिने बताइएको छ। #seTopaTi

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation