विप्लव समूहका नेता शर्मा पक्राउ – अस्पतालमा नाम रमेश रिमाल

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिट्ब्यूरो सदस्य अनिल शर्मा पक्राउ परेका छन्।

मंगलबार उनलाई चितवनबाट पक्राउ गरिएको गृह मन्त्रालय स्रोतले बताएको छ।

चितवन प्रहरीले उनलाई पूरानो मेडिकल कलेजबाट पक्राउ गरेको हो। उक्त मेडिकल कलेजमा उनी उपचार गराउन आएका थिए।  
टिकट काट्दा उनले आफ्नो नाम रमेश रिमाल भनेर नाम टिपाएको चितवनका प्रहरी प्रमुख एसपी नान्तिराज गुरूङले जानकारी दिए।

उनले नामचाहिँ रमेश रिमाल भनेर टिपाएको रहेछ,’ उनले भने, ‘उपचारका लागि आएका छन् भन्ने खबर पाउनबित्तिकै हामीले पक्राउ गरेका हौं।’

उनलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए। #सेतोपाटी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation