बाहिर खाद्यान्न, भित्र सिमेन्ट

बैशाख २३, बर्दघाट कोरोना भाइसर (कोभिड–१९) का कारण देश नै लकडाउनमा रहेको अवस्थामा अत्यावश्यकीय सामग्री ढुवानीको लागि जारी भएका सवारी पासको दुरुपयोग भएको पाइएको छ ।

बर्दघाट ट्राफिक पोष्टले सवारी पास दुरुपयोग गरेका ५ वटा ट्रक चेकजाँचको क्रममा फेला पारेको हो । गाडीको अगाडी फ्लेक्स प्रिन्ट गरी खाद्यान्न ढुवानी लेखी ट्रकमा सिमेन्ट ढुवानी राखिएको भेटिएको हो ।

पास दुरुपयोग गर्ने ट्रकहरुमा ना ८ ख ६५७४, ना ८ ख ६६३३ र ना ८ ख ८८६० ले सिन्धुलीबाट चिनी ढुवानी गरी बुटवल पु¥याएको र सुनवल स्थित पाल्पा सिमेन्ट प्रा.लि. बाट प्रत्येक ट्रकमा ४ सय २० बोराका दरले सिमेन्ट ल्याएका हुन् ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट लिइएको पासमा खाद्यान्न ढुवानी गर्न पाइए पनि सिमेन्ट ढुवानी गर्न भने नमिल्ने र जुन प्रयोजनको लागि पास लिइएको हो सोहि प्रयोजनको लागि मात्र प्रयोग गर्नु पर्ने बर्दघाट अस्थायी ट्राफिक पोष्टका ट्राफिक प्रहरी नायव निरीक्षक दामोदर मल्लले बताए । यस्तै राप्ती नगर नगरपालिकाको पासमा बुटवल दाना पु¥याएर फर्कदै गरेको ना ७ ख १८३४ नम्बरको सवारीले दाना ढुवानीको स्टिकर टाँसेर पाल्पा सिमेन्ट प्रा लि बाटै सिमेन्ट ढुवानी गरेको छ र उक्त ट्रक पनि प्रहरीले चेकजाँचको क्रममा फेला पारेको हो । जिल्ला प्रशासन कार्यालय तनहुँको सवारी पास लिइ ग १ ख ५९०१ नम्बरको ट्रक पनि सिमेन्ट ढुवानी गर्दा प्रहरीले चेकजाँचको क्रममा सवारी पास दुरुपयोग भएको पाएको हो । बैशाख २२ देखी बैशाख २५ सम्म जिल्ला भर सँचालन अनुमति लिएको उक्त ट्रकले पनि नवलपरासीबाट सिमेन्ट लोड गरेको थियो ।

यसरी पास दुरुपयोग गरी गुडेका सवारीहरु केहि समय नियन्त्रणमा लिइ आगामी दिनमा दुरुपयोग नगर्ने शर्तमा छाडिएको नायव निरीक्षक मल्लले जानकारी दिए । प्रदेश नम्बर ५ को पूर्वि प्रवेशद्धार बर्दघाट टि सि यन चोकमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नगर प्रहरीले हेल्थ डेक्स सँचालन र नियमित सवारी चेकजाँच गरेका छन ।

बुटवलटुडेबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation