
प्युठान, मङ्सिर २६ गते । झिमरुक गाउँपालिका–७ र ६ मा पर्ने झिमरुक नदि (किटघाट)मा पक्की पुल निर्माणको काम सुरु गरिएको छ । पुल अभावमा खोला तर्न तथा आवतजावत गर्न समस्या झेल्दै झिमरुक गाउँपालिका ७ र ६ का कुटिचौरका बासिन्दाले पुल निर्माण सुरु भएपछि खुसी व्यक्त गरेका छन् ।
केन्द्रिकृत राज्यब्यबस्थाले झिमरुकको समस्या बुझ्न नसकेका कारण प्रदेश सम्रचना बनेपछी खासगरी साम्सद निमा गिरिको विशेष पहलमा बजेट बिनियोजन गरि बहुबर्सिय ठेक्का लागेको हो ।
किटघाट खोलामा पक्की पुल निर्माण भएपछि किटघाट खोला भएर यात्रा गर्नेले सुविधा पाउने भएका छन् । स्थानीयले भने खास गरी वर्षाको समयमा खोलामा बाढी आउँदा पल्लो गाउँ जान घुमेर जानुपर्ने बाध्यता अब पुल निर्माण सम्पन्न भएपछि समाधान हुने विश्वास व्यक्त गरेका छन ।
सडक पुर्बाधार बिकास कार्यालय प्युठान मार्फत कुल ४ करोड ८७ लाख ६३ हजार ४ सय ४८ रुपियाँको लागतमा निर्माण सम्पन्न हुने सो पुलको लुम्बिनी प्रदेशका माननीय भौतिक पुर्बाधार बिकास मन्त्री भुमिस्वर ढकाल, निर्वाचित प्रदेशसभा सदस्य तथा शहरि बिकास तथा खानेपानी मन्त्री सराेज थापा(राेज राणा)ले श साम्सद निमा गिरिले बुधबार शिलान्यास गर्नुभयो । विकासका दृष्टिले पछाडि परेको झिमरुक कुटिचौर क्षेत्रको विकासमा सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।
स्थानीयका अनुसार गौमुखी झिम्रुक र नै बहिनीका सयौँ घरपरिवारलाई घुमाउरो र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता अन्त्य हुने छ भने स्थानीय तथा बाह्य क्षेत्रबाट धार्मिक पर्यटक बढ्ने स्थानीयको अपेक्षा छ ।