बामदेव विहानै खुमलटार

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक राजनीतिमा छिनभरमै फरक फरक घट्नाक्रमहरु हुन थालेका छन् ।  अध्यादेश प्रकरणपछि आन्तरिक उत्तरचढाव तीव्र बनेको सो पार्टीमा नेताहरु समिकरण बदल्नेदेखि एकले अर्कालाई गलाउने र फकाउने रणनीतिमा व्यस्त छन् । 

गत बैशाख १७ गतेको सचिवालय बैठकसम्म कार्यकारी अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपाल समुहमा रहेका उपाध्यक्ष वामदेव गौतम एकाएक केपी ओलीको कित्तामा उभिन पुगेका थिए । तर गौतम अहिले फेरि प्रचण्ड समुहमै फर्कने प्रयासमा लागेका छन् । त्यसका लागि उनी बुधबार बिहानै प्रचण्ड निवास खुमलटार पुगेका छन् । 

यसअघि ओलीको राजीनामा माग्ने उनै गौतम एकाएक उनैको शरमा परेपछि प्रचण्ड र नेपाल समुहमा आशंका पैदा भइरहेका बेला पुन गौमले खुमलटार पुगेर गल्ती महशुस गरेको उनी निकटका नेताहरुले बताएका छन् । श्रोतका अनुसार गौतमले प्रचण्डलाई फोन गरेर म भेट्न आउछु भनेका थिए । त्यसपछि विहानै प्रचण्ड निवास खुमलटार पुगेर उनले आफु ओली खेमामा लागेर गल्ती भएको भन्दै कमजोरी स्वीकार गरेका थिए ।

कारणबस अस्ति जे जस्तो भएतापनि मैले भावनात्मक रुपमा तपाईंहरुको साथ छाडेको छैन, म न्यायको पक्षमा छु, म पार्टीभित्र अन्यायको विरुद्धमा लडिरहनेछु’ प्रचण्डसँगको भेटमा गौतमले भनेका थिए । गौतम निकट श्रोतका अनुसार उनी प्रचण्ड निवास खुमलटारमा झण्डै आधा घण्टा बसेर फर्किएका थिए । तर गौतम ओलीको दुत बनेर गएका हुन् वा बास्तविक गल्ती महशुस गरेका हुन् भन्नेमा प्रचण्ड नेपाल समुहले अझै विस्वास गर्न नसकेको बताइएको छ । 

यसअघि गौतम ओली समुहमा लागेको भन्दै प्रचण्ड नेपाल समुहले उनको विश्वास गर्न नमिल्ने निश्कर्ष निकालेका थिए । गौतम फर्केलगत्तै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री तथा अध्यक्ष ओली भेट्न वालुवाटार पुगेका थिए । #रातोपाटी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation