सचिवालय बैठक चल्दाचल्दै प्रधानमन्त्री ओली बिचमै उठेर हिँडे

काठमाडौं । सत्तारुढ नल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक चल्दाचल्दै प्रधानमन्त्री ओली एक्कसी निस्किएर हिँडेका छन् । बैठक सुरु भएको केहीबेरमा उनी बैठक नै छाडेर हिँडेको नेकपा उच्च स्रोतले जानकारी दियो ।  स्रोतका अनुसार अन्य सदस्यहरु उनलाई कुरेर बैठकमा बसिरहेका छन् । आजको बैठकमा भोलि बस्ने भनिएको स्थायी समितिको एजण्डाबारे छलफल हुने बताइएको थियो । यसअघि बसेको सचिवालय बैठकले भोलि बिहीबारका लागि बैठक बोलाएको थियो ।  स्रोतका अनुसार अनय सदस्यहरु उनलाई कुरेर बैठकमा बसिरहेका छन् । उनी बैठक छाडेर हिँडडेको ४५ मिनेट भइसकेको स्रोतको दाबी छ ।  पार्टीमा एक पद एक जिम्मेवारी’ को बहस नेताहरुले सुरु गरेका छन् । प्रधानमन्त्री ओली ‘एक पद एक मुख्य जिम्मेवारी’को विपक्षमा रहेका छन् तर बहुमत सचिवालय सदस्यहरु त्यसको कार्यान्वयन गर्ने पक्षमा छन् ।# समाचार दैनिक

Read more at: https://samachardainik.com/news-details/44635/2020-05-06

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation