वामदेव खुमलटार पुगेपछि गडबड

नेकपा सचिवालयको बैठक गत बुधबार र शनिबार दुईचोटि बसेको थियो । आज बुधबार तेस्रोपटक बसेको सचिवालय बैठक निश्कर्षविहीन बन्यो ।

अघिल्लो बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले वामदेव गौतमलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेपछि उनी हौसिएर शनिबारको बैठकमा ओली पक्षमा खुलेका थिए । र, वामदेवकै कारण शनिबार ९ सदस्यीय सचिवालयमा ओली पक्षको बहुमत पुगेको थियो, जसका कारण प्रचण्ड-माधव समूह रक्षात्मक स्थितिमा पुगेको थियो ।

तर, केपी ओली समूहमा लागेका नेता गौतम बुधबार बिहान अकस्मात प्रचण्ड निवास खुमलटार पुगेपछि । सचिवालयको शक्ति सन्तुलनमा फेरि गडबडी आयो ।
‘बैठकका प्रस्तावबारे छलफल गर्न’ भन्दै प्रचण्डनिवासमा पुगेका गौतमले आफूलाई केपी ओलीले धोका दिएको र आफू माधव-प्रचण्ड खेमामै रहेको बताउन भ्याए ।
यसरी वामदेव गौतमले एकाएक साथ छाडेर प्रचण्ड खेमामा लाग्ने प्रष्ट संकेत दिएपछि प्रधानमन्त्री ओली पुनः अल्पमतमा परेको र सचिवालय बैठक टारेको संस्थापन इत्तर पक्षका नेताहरुको दाबी छ ।

तथापि महासचिव पौडेलको दाबीचाहिँ प्रधानमन्त्रीको शारीरिक थकानबाहेक अन्य कारण नरहेको भन्ने छ ।

त्यसो त प्रधानमन्त्री ओलीले सुरुदेखि नै स्थायी कमिटीको बैठक टार्न खोजेको संस्थापन इत्तरका नेताहरु बताउँछन् । उनीको दाबी अनुसार आफू अल्पमतमा परेकाले स्थायी कमिटीको बैठक बसिहाले पनि त्यसमा सहभागी नहुने ओलीले अघिल्लो बुधबारको सचिवालय बैठकमा बताएका थिए ।

तर, शनिबार भने उनी लचकदार बनेर आत्मालोचना गर्दै २५ गते स्थायी कमिटी बैठक बोलाउन सहमत भएका थिए । बुधबार फेरि प्रधानमन्त्रीले बैठकप्रति अरुची देखाए । र, यो घटनापछि नेकपामा साम्य हुन लागिसकेको विवाद पुनः बौरिने संकेत देखिएको छ । #अन्लाईन खबर

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation