कपिलवस्तु जिल्लाकाे मायादेवीमा दुई जना कोरोना संक्रमित भेटिएका छन् ।

२५ वैशाख, काठमाडौं

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य छ ।
कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । भारतको मुम्बई देखि आएका ति दुई युवा मायादेवी गाउँपालिका वार्ड ०२ साविककाे अभिराव गाविसकाे रहेकाे बुझिएकाे छ । उनिहरूलाइ हाल मायादेवी गाउँपालिका वार्ड १ पकडी स्थित छत्रपाली तिर्थदेवी उच्च माविको क्वारेन्टाईनमा राखिएको छ । उनिहरुलाई कोरोना बिशेष अस्पताल बुटवलमा पठाउन लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । एक साता अघि भा यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । तीमध्ये २२ जना निको भएर घर फर्किएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation