कपिलवस्तु अपडेट: ५३ को रिर्पोट आउँदै

१२ जनामा २ को पोजेटिभ  कपिलवस्तु

कपिलवस्तुमा भेटिएका कोरोना संक्रमित यूवा रहेको क्वारेन्टाइनमा ५३ जनाको स्वाब रिर्पोट आउन बाँकी रहेको छ । ६५ जनाको स्वाब परीक्षण गर्न राष्ट्यि जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएकोमा १२ जनाको मात्रै रिर्पोट आइपुगेको र त्यसमध्ये २ जनाको रिर्पोट पोजेटिभ आएको गाउँपालिकाका स्वास्थ्य संयोजक महेन्द्र यादवले जानकारी दिए ।


उनीहरुलाई शुक्रबार बिहान बुटवलको कोरोना बिशेष अस्पतालमा उपचारको लागि पठाइएको उनले जानकारी दिए ।

गाउँपालिकाका स्वास्थ्य संयोजक महेन्द्र यादवका अनुसार गाउँपालिकाको पकडीमा रहेका तिर्थादेवी छत्रपाली माविको क्वारेन्टाइनमा अहिले ६० जना व्यक्ति रहेका छन् । ति सबै जनाको स्वाब कलेक्सन गरी राष्ट्यि जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं पठाएकोमा अहिलेसम्म १२ जनाको मात्रै रिर्पोट आएको छ । त्यसमध्ये २ जनाको रिर्पोट पोजेटिभ देखिएको यादवले जानकारी दिए । उक्त क्वारेन्टाइनका ६० जना र क्वारेन्टाइनमा अबधि पूरा गरि घर पठाइएका थप ५ जना गरी ६५ जनाको स्वाबको नमूना लिइएको थियो ।

ति संक्रमित यूवाहरु भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ । भारतको बम्बईमा काम गर्ने उनिहरु ५ जनाको समुहमा नेपाल आएका थिए । उनिहरु मायादेवी गाउँपालिका वडा नं.२ अभिराव गाउँका हुन् ।

भारतको बम्बइमा श्रमिकको रुपमा काम गर्थे । उनिहरु सीमामा रहेको सशस्त्र प्रहरीलाई छक्काएर नेपाल छिरेका थिए । गाउँमा आएको थाहा पाएपछि गाउँलेहरुले वडाध्यक्षलाई खबर गरेपछि बैशाख २२ गते उनिहरुलाई क्वारेन्टाइनमा ल्याइएको थियो । ती दुई यूवा एकै घरका दुईभाइका छोराहरु हुन् । #बुटवल टुडेबाट साभार

यो पनि पढ्नुहोस :

कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । भारतको मुम्बई देखि आएका ति दुई युवा मायादेवीकाे पकडी स्थि
https://ujyaalopost.com/bishess/2471/

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation