क्वारेनटाईन कहरमा महिला बालबालिका

नव नेपाल क्याम्पस जुगारमा रहेको क्वारेनटाईन वस्छिन आशा विक । काठमाण्डौको मनकामना ईटा भट्टामा काम गर्ने उनी कोरोनाका कारण ईटा भटटमा काम वन्द भएपछि १० दिन अघि रोल्पा फर्किएकी हुन । उनी संगै डेढ महिने वच्चा छ । वच्चा ईटाभट्टामा काम गर्दागर्दै जन्मिएको हो ।

आशा संगै वस्छिन सिर्जना विक । सिर्जनाको वच्चा ९ महिनाको भयो । काठमााण्डौको ईटाभट्टामा संगसंगै काम गर्ने आशा र सिर्जना जिल्ला फर्किए पछि क्वारेनटाईन वसाई पनि संगसंगै छ । त्रिवेणी गाउँपालिका ५ घर भएका उनीहरुको सानैदेखीका दौतरी हुन । उनीहरुको दौतरी कोरोना कहरमा समेत छुटेको छैन । सानै देखीका मिल्ने साथी हौ, काम पनि संग संगै गछौ, अहिलेको वसाई पनि संगै छ आशाले भनिन । साथै वस्न पाएर मख्ख आशा सिर्जनाको क्वारेनटाईन वसाई र खान्की भने सुखद छैन । गाँउपालिकाले व्यवस्थापन गरेको दालभात नै उनीहरुको साँझ विहानको खान्की हो । नवजात सिशुका आमा आशा सिर्जनाका लागी पोषणको कसैले महसुस गरेको छैन । खान्की मात्र हैन वेलुकाको सुताई पनि सहज छैन । म्याट र जुटको वोरा विछ्याएर सुत्छन उनीहरु ।

आशा र सिर्जना जस्ता नवजात शिसुका साथ क्वारेनटाईन वस्ने महिलाको संख्या रोल्पामा ठूलो छ । अधिकांश ईटा भट्टावाट फर्किएका छन । गर्भवती, सुत्केरी र २ वर्ष मुनिका वालवालिकाको क्वारेनटाईन वसाई र खान्की सामान्य मानिसको भन्दा फरक छैन । म्याट र जुटको वोराको ओछ्यानमा वच्चा संग सुत्छु आशा विकले भनिन । साँझ विहान दालभात तरकारी खान्छौ । विहान वचेको वासी भात दिउसो नास्ताको रुपमा खान्छौ त्यो वाहेकको थप नास्ता हुदैन विकले भनिन ।

त्रिवेणी गाउँपालिकामा मात्रै एक हजार ३५० जना क्वारेनटाईन वसेको गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले जानकारी दिए । त्यसरी वस्ने मध्ये ठूलो संख्यामा वालवालिका सहितका महिला छन अध्यक्ष वलीले भने । बालवालिकाको क्षेत्रमा काम गर्ने संस्था मानव अधिकार सचेतन केन्द्र रोल्पाले उपलव्ध गराएको विवरण अनुसार त्रिवेणी गाउँपालिकामा मात्रै २ वर्ष मुनीका ४५ र ५ वर्ष मुनिका थप ६० वालवालिका आमाको संरक्षणमा क्वारेनटाईन वसेका छन । ० द्ेखी १८ वर्ष मुनिका ३५० वालवालिका क्वारेनटाईन वसेको पायौं मानव अधिकार सचेतनक केन्द्र रोल्पाका धरेन्द्र डाँगीले भने । क्वारेनटाईनमा सुत्केरी तथा गर्भवती महिलाको पनि संख्या उल्लेख्य छ डाँगीले भने ।

होम क्वारेनटाईन वस्ने गरि त्यस्ता महिला तथा वालवालिकाहरुलाई घरमै जान भनिए पनि उनीहरु स्वयम र समाजले नमान्दा क्वारेन्टाईन वसेका हुन त्रिवेणी गाउँपालिका ५ का वडाध्यक्ष कृष्ण केसीले भने । बालवालिका र सुत्केरी एवम गर्भवती महिलाको सन्दर्भमा गाउँपालिका सुरु देखी नै संवेदनशील थियो वडाध्यक्ष केसीले भने ।

महिला तथा वालवालिकाको क्वारेनटाईन वसाई सहज वनाउन सेभ द चिल्ड्रेन संग समन्वय गरेर केही सामाग्री वितरण गरेका छौ गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले भने । वितरीत सामाग्रीहरुमा २ वर्ष सम्मका लागि विभिन्न सामाग्रीको सेट ४५ थान , ५ वर्षसम्मका लागि विभिन्न सामाग्रीको सेट ६० थान, महिलाहरुा लागि विभिन्न सामाग्री सहितको सेट ४५ थान, हाइजीन सेट ६९ थान, ब्ल्यांकेट ५० थान लगायतका सामग्रीहरु रहेको गाउँपालिकाले जनाएको छ ।
यस पटक महिला तथा वालवालिकाको सुरक्षाका सामाग्री उपलव्ध गरायौं सेभ द चिल्ड्रेन सुर्खेतका लजेष्टीक व्यवस्थापन संयोजक प्रकाश भट्टले भने । वालवालिकाको पोषणका लागी पनि समुदायवाट माग आएकोले यस तर्फ पनि हाम्रो ध्यानाकर्षण भएको छ भट्टले भने ।

जिल्ला प्रशासन कार्यालय रोल्पाको तथ्यांक अनुसार सरकारले लक डाउन घोषणा गरे पश्चात देश भित्रका विभिन्न जिल्ला तथा देश वाहिरवाट आएका समेत गरि झण्डै सात हजार ५ सय रोल्पाली १४ दिने क्वारेनटाईन वसे । यसरी क्वारेनटाईन वस्ने मध्ये ३ हजार वढी महिला थिए । अधिकांश महिलाहरु आफ्ना साना नानीका साथ क्वारेनटाई वसे भने दर्जनौ गर्भवती महिला पनि १४ दिने क्वारेनटाईन वसाईको नियम पालन गरे ।

ईटा भट्टामा काम गरेको पैसा समेत मालिकले नदिएपछि आफुहरु वेखर्ची घर फर्किएकाले कैयौं दिन भोकै रहन वाध्य भएको सोही क्वारेनटाईनमा वसेकी रुपा विकले भनिन । काठमाण्डौको असहज वसाई र कष्टपूर्ण यात्रा र क्वारेनटाईन वसाईले वालवालिका र सुत्केरीहरुलाई असहज भएको छ विकले भनिन ।

जिल्लाका अधिकांश क्वारेनटाईनमा वसेका महिला तथा वालवालिकाको अवस्था मानव अधिकारको दृष्टीवाट सहज भएन मानव अधिकार सचेतन केन्द्र रोल्पाका अध्यक्ष घनश्याम आचार्यले भने । त्रिवेणी गाउँपालिका जस्तै जिल्लाका सवै स्थानीय तहहरुले क्वारेनटाईन वसेका सुत्केरी तथा गर्भवती महिला र वालवालिकाको खाने र वस्ने कुरामा विशेष चासो दिनु पर्ने आचार्यको सुझाव छ ।

##बुटवल टुडे

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation