कपिलवस्तुका ३ सहित नेपाल थप ७ जनामा काेराेना , संक्रमितकाे संख्या १०९

२७ वैशाख, कपिलवस्तु, कपिलवस्तुका ३ जना सहित नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

संक्रमितहरू मध्ये कपिलवस्तुका दुइ जना १८ बर्षिय र १ जना १७ का पुरूषहरू छन् । यसै गरि उदयपुरकाे झुल्के निवासी १८, ४५ र ६५ बर्षका महिलाहरू र पर्साकाे छप्कैया ६२ बर्षिय पुरूष रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

उनिहरू सबैकाे अवस्था सामान्य रहेकाे मन्त्रालयले जानकारी दिएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation