अपडेटः कपिलवस्तुमा फेला परेका तिन संक्रमित मध्ये २ मायादेवीका र १ शुद्धाेधनका रहेकाे पुष्टी, ६५ जनाकाे नतिजामा ५ संक्रमित

कपिलवस्तु, २७ बैशाख

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । मायादेवी गाउँपालिकाको छत्रपाली तिर्थादेवी उच्च मा.वि. पकडी स्थित क्वारेण्टाइनमा रहेका ६५ जनाको स्वाव परिक्षणकालागि पठाइएकोमा सबैको रिपोर्ट आउदा ५ जना कोरोना संक्रमित फेला परेको छन ।

मायादेवी गाउँपालिका वडा नं. २ अभिरावका २ जना १६ र २२ बर्षे युवाहरुमा २५ गते पोजिटिभ देखिएको थियो। आज २७ गते थप ३ जनाका कोरोना पोजिटिभ देखिएको छ । आज पाेजेटिभ देखिएका मध्ये २ युवाहरू मायादेवीकै रहेका छन् भने एक जना शुद्धाेधनका हुन् । मायादेवी २ अभिरावका १ र मायादेवी ८ बिजुवा १ रहका छन् भने अर्का एक १७ बर्षिय युवक भने शुद्धाेधन गाउँपालिका वार्ड ६, कपिलवस्तुका रहेकाे खुल्न आएकाे छ । पोजिटिभ देखिएका ५ जनै युवाहरु भारतको मुम्बई देखि आएको जानकारी प्राप्त भएको छ । २ जनालाई शुक्रवार विहाना नै कोरोना विशेष अस्पताल बुटवाल पठाई सकेको छ । भने शनिवार ३ जनामा पोजिटिभ देखिकालाई पनि बुटवलाइ पठाउने तयारी भईरहेको प्रमुख जिल्ला अधिकारी दिर्ग नारायाण पौडेलले उज्यालाे पाेष्टलाइ जानकारी दिनु भएको छ ।

२३ गते मंगलवार राती १० बजे ती युवाहरु मायादेवी गाउँपालिका वडा नं. ८ हरिवंशापुर र चकारचौडाको बिच खेत बाटो हुदै नेपाल प्रवेश गरेका थिए । नेपाल प्रवेश गरे पछि गाउलेहरुको सहयोगमा घर नगई बाटोमा खाना खाएर पकडी स्थित क्वारेन्टाईनमा गएका थिए ।

क्वारेन्टाईनमा राखेको भोली पल्ट पकडी स्थित क्वारेन्टाईनमा रहेको ६५ जनाको स्वाब संकलन गरि राष्ट्रिय प्रयोगशाला टेकु पठाईएको थियो । टेकु पठाईएको ६५ जना सबैको रिपोर्ट आउदाँ ५ जनामा पोजिटिभ आएको छ । पोजिटिभ आएको पाँचै जना भारतको मुम्बईमा संगै काम गर्ने गरेका थिए । भने संगै त्यहाँ देखि नेपाल आएका थिए । नेपाल आए पछि तिनिहरुलाई क्वारेन्टाईन पठाईएको मायादेवी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष सर्फुदिन मुसालमानले जानकारी दिनु भएको छ । आज संक्रमण देखिएको ५ जना युवाहरको कन्टेक्ट ट्रेसिङ्ग गरिने जानकारी आएको छ ।

याे पनि पढ्नुहाेस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation