तनाव व्यवस्थापन गर्न क्यारेन्टाइनमा योगाभ्यास

कपिलवस्तु

कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र, तौलिहवाले “आयुर्वेद तथा वैकल्पिक चिकित्साबाट कोरोना रोकथाम र नियन्त्रण” कार्यक्रम सुरुवात गरेको छ् । जिल्लाका विभिन्न क्वारेन्टाइनमा रहेका व्यक्तिहरु मानसिक तनाव, चिन्तामा रहेको देखिएको अवस्थामा आयुर्वेद स्वास्थ्य केन्द्रले “तनाव व्यवस्थापन योग प्याकेज” संचालनमा ल्याएको हो । प्याकेज अन्तर्गत सूक्ष्म व्यायाम, योगासन, प्राणायाम, ध्यान, हास्यासन र नित्यसहितको अभ्यासलाई प्राथमिकतामा राखिएको छ ।

प्रदेश नं ५, सामाजिक विकास मन्त्रालयले कोभिड–१९ रोकथाम तथा व्यवस्थापनमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई प्रयोग गर्ने निर्णय गरेअनुसार कार्यक्रम अगाडि बढाइएको कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रका डा. विजय भुर्तेलले जानकारी दिए । “जिल्ला स्थित सम्पूर्ण क्वारेन्टाइन स्थलहरुमा स्थानीय तहको समन्वयमा पुगी सेवा दिने लक्ष्य अनुरुप शिवराज नगरपालिकाबाट कार्यक्रम शुरुवात गरेका छौं । कार्यक्रममा नियमित योगाभ्यास, गुर्जो आदि रोगप्रतिरोधी चिया पान, अमला चूर्ण सेवन र जीवनशैली व्यवस्थापन परामर्श गरिन्छ्र ।” –डा. भुर्तेलले भने ।

आयुर्वेद स्वास्थ्य केन्द्रको टोलीले शिवराज नगरपालिकाको समन्वयमा सुपादेउराली रिसोर्ट र दुर्गा मन्दिरमा रहेका क्वारेन्टाइनमा पुगी सेवा प्रदान गरेको थियो । सुपादेउराली रिसोर्टमा २० जना र दुर्गा मन्दिरमा ७ जना निगरानीमा राखिएका सहित क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी गरी करीब ४० जनालाई योग अभ्यास गराइएको डा. भुर्तेलले बताए । क्वारेन्टाइनमा रहेका जेष्ठ नागरिकलाई अश्वगन्धा चूर्ण, स्तनपायी आमाको लागि शतावारी चूर्ण र बच्चाको लागि दशमूल मालिस तेल वितरण गरिएको थियो । साथै निगरानीमा रहेकाका लागि स्वास्थ्य शाखा प्रमुख चुरामणि भट्टराईलाई गुर्जो चूर्ण, अमला चूर्ण लगायत रोग प्रतिरोधात्मक क्षमता भएका आयुर्वेद औषधी हस्तान्तरण गरिएको डा. भुर्तेलले जनाए ।

“क्वारेन्टाइनमा बस्दा अल्छी लाग्ने, घरपरिवारको चिन्ता भइरहेको बेला यसरी रमाइलो योग, दिल खोलेर हास्दा र नाच्दा मन सारै फुरुङ्ग भयो” –सुपदेउराली रिसोर्ट क्वारेन्टाइनमा रहेका एक व्यक्तिले भने । महामारीको बेला के खाने, बिहानदेखि रातिसम्म कस्तो कस्तो क्रियाकलाप गर्दा स्वस्थ भइन्छ भन्ने जस्ता जीवनशैली व्यवस्थापन सम्बन्धी जानकारी पाएकोमा सा¥है खुशी लागेको दुर्गा मन्दिर क्वारेन्टाइनकी एक महिलाले बताइन् । ##बुटवल टुडे

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation