संक्रमित मध्ये एक जना २ घण्टा आफ्नै घरमा बसेको पुष्टि

स्वास्थ्य मन्त्रालयको टोली कपिलवस्तुमा
कपिलवस्तु । २७ बैशाख

शनिबार बिहान कपिलवस्तुमा ३ जनामा कोरोना पोजिटिभ भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । ३ जना शनिबार र २ जना बिहिबार गरि कपिलवस्तुमा ५ जना कोरोना संक्रमितको संख्या पुगेको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. २ का ३ जना र मायादेवी गाउँपालिका वडा नं. ८ का १ जना रहेका छन । भने कपिलवस्तुका शुद्धोधन गाउँपालिका वडा नं. ६ का १ जना रहेका छन । संक्रमित पाँचै जना मायादेवी गाउँपालिका वडा नं. १ स्थित छात्रापालि तिर्थादेवी उच्च मा.वि.को क्वारेन्टाईनमा रहेका थिए ।

बिहिबार २ जना १६ र १८ बर्षे युवाहरुमा कोरोना संक्रमण पोजिटिभ देखिए पछि शुक्रबार बुटवल स्थित कोरोना विशेष अस्पतालमा पठाईएको छ । भने शनिबर ३ जनामा पोजिटिभ देखिएको छ । तीनै जनालाई बुटवल स्थित कोरोना विशेष अस्पतालमा पठाएकोे मायादेवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख महेन्द्र प्रसाद यादवले जानकारी दिए ।
शनिबार संक्रमण देखिएका तीनै जनाको लाेकेसन ट्रेसिङ्ग गरिएको छ । जस्मा मायादेवी गाउँपालिका वडा नं. ८ का संक्रमितले दुई घण्टा आफ्नाे घरमा गएको ईलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए । भने अन्य दुईजना सिधै पकडी स्थित क्वारेन्टाईनमा आएको सुवेदीले उनले बताए । तीनै जना संक्रमित मध्ये मायादेवी गाँउपालिका वडा नं. २ का ३ जना संक्रमितहरू ५ जनाको २३ गते मंगलबार राति नै लुकेर नेपाल प्रबेश गरेका थिए । भने अन्य संक्रमितहरु एक्ला एक्लै बैषाख २० गते राती लुकि छिपी नेपाल प्रबेश गरेका थिए ।

स्वास्थ्य मन्त्रालयको टोली कपिलवस्तुमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य टोली मायादेवी गाउँपालिकाको पकडी स्थित क्वारेन्टाईनमा पुगेको छ । स्वास्थ्य टोलीले त्यहाँको बस्तु स्थितीको बारेमा बुझ्ने काम गरिरहेको प्रमुख जिल्ला अधिकरी दिग नारायाण पौडेलले जानकारी दिए । डाक्टर यदुचन्द्र घिमिरे नेतृत्वको टोली मायादेवी गाउँपालिकाको स्वास्थ्य स्थिती र संक्रमित व्यक्तिहरुको बारेमा जानकारी संकलन गर्नुको साथै त्यहाँको अवस्थाको बारेमा पनि अनुगमन गरिरहेको पौडेलले बताएका छन । बिहिवार २ जना संक्रमित भए पछि शुक्रवार पकडी स्थित क्वारेन्टाईन पुर्ण रुपमा लक गरिएको छ । भने शनिवार ३ जनामा संक्रमण देखिए पछि त्यहको अवस्थाको बारेमा जानकारी लिन स्वास्थ्यको टोली गएको छ । उहाँहरुको सुझाव अनुसार हामी कति क्षेत्र लक गर्नु पर्ने हो त्यही अनुसार गर्ने छौ प्रजिअ पौडेलले बताएका छन । अहिले नै उक्त क्षेत्र लक गर्ने भन्ने भन्न नसकिने पौडेलले बताउनु भएको छ ।

संक्रमण देखिएका क्षेत्रमा उद्योग धन्दा कलकारखाना र निमार्ण कार्यहरु गर्न रोक


भरत संग सिमाना जोडिएको कपिलवस्तुमा भारतबाट लुकि छिपी नेपाली नागरिकहरु आउने क्रम नरोकिएको पश्चात कपिलवस्तुको दक्षिणी क्षेत्रमा कोरोनको जोखिम बढ्दै गएको छ । यसै बिच संक्रमण दिखिएका क्षेत्रमा लकडाउनमा खुकुलो पारिएका उद्योग धन्दा कलकारखाना र निमार्ण कार्यहरु गर्न समेत रोक लगाएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत मनोज कुमार शैनीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation