कपिलवस्तकाे एक हाेटल भारतिय नागरिक मृत फेला

कपिलवस्तु, २७ बैशाख,

कपिलवस्तु सदरमुका ताैलिहवा स्थित एक हाेटलमा एक जना भारतिय नागरिक मृत अवस्थामा फेला परेका छन् । विगत २ महिनामा देखी कपिलवस्तु नगरपालिका वार्ड १ आनन्दबाग स्थित होटल अरोमा इनमा एक जना भारतीय मृत अवस्थामा फेला परेका छन । २ महिनादेखि उक्त होटलमा बस्दै आएका भारतको राजस्थानका ६० बर्षीय निर्भय सिंह मृत अवस्थामा फेला परेका हुन ।

शनिवार बिहान ११ बजेतिर होटलमा उनी मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनुभयो । घटना स्थलमा प्रहरी पुगेर मुचल्का बनाएको र शवलाई कपिलवस्तु अस्पतालमा पोस्टमर्टमका लागि लैजाने तयारी भएको उहाँले बताउनुभयो ।

कामको सिलसिलमा मृतक सिंह होटलमा बस्दै आएका थिए । यस विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation