उदयपुरमा थप १ महिलामा काेराेना संक्रमण पुष्टि

उदयपुर- शनिबार विहान मात्र ३ जना महिलामा काेराेना संक्रमण पुष्टि भएको उदयपुरमा साँझ थप १ जनामा संक्रमण भएको खुलेको छ । बुधबार त्रियुगा नगरपालिका ३ भुल्केका ३ सय ३१ स्वाब पठाइएकामा रिपोर्ट आउन बाँकी २५ मध्येकी ४३ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीले साँझ ८ः१५ बजे स्वास्थ्य मन्त्रालयले पठाएको इमेलमा थप १ जनामा संक्रमण पुष्टि भएको बताए । उनी यसअघि २८ संक्रमितमध्येकै एक पुरुषकी श्रीमती भएको पनि सुबेदीले बताएका छन् ।   

थप १ सय ४३ को स्वाब संकलन
शनिबार ३ जना थपिएका त्रियुगा नगरपालिका ३ भुल्के र आसपासका थप १ सय ४३ को स्वाब शनिबारै संकलन गरी परीक्षण गर्न पठाइएको छ । बुधबार पठाइएको रिपोर्टमा नयाँ संक्रमित पाइएपछि संभावित संक्रमित हुनसक्ने भन्दै पहिले छुटेका, राहत वितरण गर्दा खटेका तथा स्थानीय खाद्यान्न व्यापारी र सामाजिक क्षेत्रका व्यक्तिहरुको स्वाब संकलन गरिएको हो ।

त्रियुगा ३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरीले नयाँ संक्रमित पाइएपछि अरु पनि हुनसक्ने संभावना बढेकाले ‘कन्ट्याक्ट टे«सिङ’का आधारमा थपको परीक्षण गर्न स्वाब संकलन गरिएको बताए । ‘यसअघि २८ जनामा सीमित संक्रमित संख्या पछिल्लो रिपोर्टले ३ जना नयाँ थपिएपछि’ वडाध्यक्ष चौधरीले भने ‘यो बीचमा राहत वितरण गर्ने तथा बिभिन्न कामको सिलसिलामा सम्पर्क र भेटघाट गर्ने सामाजिक अभियन्ता र व्यापारीको स्वाब परीक्षण गर्न पठाइएको छ ।’

भुल्के कोरोनाको इपिसेन्टरमा परिणत भएपछि नगरपालिका र अन्य बिभिन्न संघसंस्थाबाट पटक पटक राहत वितरण भएको छ । जस क्रममा भुल्के पुग्नेहरुमा संक्रमणको खतरा भएका कारण थपको स्वाब संकलन गरिएको हो । संकलित स्वाव शनिबार साँझै परीक्षण गर्न पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।##नागरिक न्यूज

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation