रेमिटान्स लिन गएका दश गजामा अलपत्र: भारतिय जाँउ भन्छन, नेपाल फिर्ता पठाउछन् , लुकिछिपी नेपाल प्रबेश गर्दा जोखिम बढ्दो ।

बसन्त बन्जाडे, बैशाख २७, कपिलवस्तु

नेपाल भारतको सिमा क्षेत्र दश गजामा बिगत ३/४ दिन देखी तनाव पुर्ण अवस्थामा छ । तिन दिन देखी दश गजामा १३ नेपालीहरु अलपत्र परेका छन् भने सयौ नेपाली लुकिछिपी नेपाल प्रबेश गरेका छन् । भारतको बिभिन्न राज्यहरु मुब्बई, कलकत्ता, दिल्ली, गुजरात लगायतका स्थानमा मजदुरी एंव पेशा व्यवसाय गर्न गएका नेपाली नागरिक भारतमा कोरोना कहर बढ्दै गए पछी धमा धम नेपाल फर्कीन थालेका छन् । यो क्रम दिन दुई गुना रात चौ गुणा बढेको छ । यसै बिचमा सिमा क्षेत्रमा पुगेका नेपालीहरूलाइ भारतिय सुरक्षाकर्मी र भारतियहरू नेपालतिर जाँउ भन्छन् भने नेपाली सुरक्षाकर्मीहरू भारतिर फिर्ता पठाउन खाेज्छन् । यसै यताले उता उताले यता पठाउदा १३ सय बढी नेपालीहरू हाल दशगजामा अलपत्र परेका छन् ।
शनिबार साझ सम्म कपिलवस्तु जिल्लामा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको तथ्याकं अनुसार मर्यादपुर २ सय ९०, भिल्मीमा २ सय ८६, कृष्णनगरमा २५९ हर्दौनामा २ सय ५५, चाकरचौडा नाकामा १ सय १६, हथिहवामा ४७ र बिजयनगरमा ३० जना नेपाली नागरिकहरु दशगजा क्षेत्रमा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक प्रवक्ता सुनिल मल्लले जानकारी दिएका छन् ।
यसरी सिमामा अलपत्र परेकाहरुलाई स्थानिय सरकारसंग समन्वय गरि खाना र टेन्टको व्यवस्था गरि बस्ने व्यवस्था मिलाएको र उनिहरुलाई नेपाल प्रबेश गर्न दिनेकी नदिने भन्ने विषयमा छलफल भईरहेको प्रमुख जिल्ला अधिकारी दिर्घनारायाण पौडेलले जानकारी दिएका छन् । प्रमुख जिल्ला अधिकारीले बिगत ३ दिन देखी सिमामा अलपत्र नेपालीहरुलाई भारतको क्वारेन्टाईनमा लगेर व्यवस्थापन गर्न आफ्ना समकक्षी भारतिय सिद्धार्थनगरका जिल्ला अधिकारीसंग समन्वय गरेता पनि भारतका बिभिन्न राज्यबाट आउने नेपालीहरुको संख्या बढ्दै गएको व्यवस्थापनमा कठिनाई जिल्ला प्रशासन श्रोतले जानकारी दिएको छ ।
नेपाल सरकार र भारत सरकार बिच भएको सहमति अनुसार भारतमा रहेका नेपालीहरु भारतकै क्वारेन्टाईनमा बस्ने र नेपालमा रहेका भारतिय नेपालमै बस्ने सहमति भएता पनि पछिल्लो समयमा भारतमा लकडाउनको मोडलमा केही परिवर्तन आए संगै भारतमा रहेका नेपालीहरु धमाधम नेपाल फर्किरहेका छन् भने नेपाल सरकारले देशमा लक डाउन रहेको भन्दै दश गजाबाट भित्र छिर्न नदिरहेको अवस्था छ ।

बिगत ३ दिन देखी दश गजा क्षेत्रमा घाम, पानी, सित सहेर बस्न बाध्य नेपालीहरुलाई रातिमा शौचालय जादा समेत भयले नछोडेको उनिहरुको गुनासो छ । उनिहरू भन्छन् उत्ता गयाे भारतियले गाली गर्छन यता अायाे नेपाली सुरक्षाकर्मीहरूले, यसरी सिमा क्षेत्रमा नेपालीहरुको संख्या बढ्दै गएता पनि न त नेपाल सरकारले ति नेपालीहरुलाई नेपालमा ल्याएर सुरक्षित रुपमा क्वारेन्टाईनमा राखेको छ नत भारत सरकार संग पहल गरि भारत तर्फ नै पठाउन सकेको छ ।
यसरी बिदेशी भूमिमा गएर देशमा रेमिटान्स भित्राएर अर्थ व्यवस्थालाई चलायामान गराएका आफ्ना नागरिकहरु मातृभूमीमा फिर्ता आएर सुरक्षित रुपमा क्वारेन्टाईनमा बस्न खोज्दा समेत नेपाल सरकारले उचित प्रबन्ध नगरेको उनिहरुको गुनासो छ । उनिहरु भन्छन् या त सरकारले हामीलाई स्वदेश भित्रा ओस यात हाम्रो नागरिकता फिर्ता लेओस, अव हामी कहाँ जाने उनिहरुको प्रश्न छ ।


भिडियो

https://www.facebook.com/officialujyaalopost/videos/886265228453769/

अधिकारकर्मी रविन्द्रनाथ ठाकुर भन्छन् “यो सरकारको गैर जवाफदेहिताको पराकाष्ट हो । चार दिन देखी सिमामा नेपालीहरु अलपत्र छन् जस्मा केही भारतमै १४ दिन क्वारेन्टाईनमा बसेर आएका पनि छन् अव दुबै मिसिए यदि एक÷दुई जनामा नै संक्रमण भएको भए सबै जोखिममा छन्, कि त नेपाल सरकारले भारतसंगको सहमति पालना गराउनको लागि दवाव दिन सक्नु प¥यो होईन भने आफ्ना नागरिकलाई स्वदेश ल्याएर क्वारेनटाइनमा राख्नु प¥यो । चेक जाँच गर्नु प¥यो अव त कोरोनाले भन्दा पनि अरु रोग र भोकले उनिहरुको ज्यान जाने खतरा छ ।” यसरी दशगजामा रोकेर राख्दा लुकिछिपी नेपाल छिर्नेहरुका कारण कोरोनाको जोखिम बढेको उनको बुझाई छ ।

लुकी छिपी नेपाल प्रबेश गर्दा जोखिम बढ्यो
यसै गरि खुल्ला सिमानाका कारण दैनिक सयौ नेपालीहरु लुकी छिपी नेपाल भारत सिमाबाट नेपाल प्रबेश गर्ने गरेका छन् । २५ गते र २७ गते कपिलवस्तु जिल्लामा फेला परेका कोरोना संक्रमितहरु लुकी छिपी नेपाल प्रबेश गरेको खुल्न आएको छ । सरकारले सिमा क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरेता पनि खुल्ला सिमानाका कारण खोला, खोल्सा, खेत लगायतका चोरबाटो प्रयोग गरेर दैनिक सयौ नेपालीहरु नेपाल प्रबेश गर्ने गरेको सिमा क्षेत्रका बासिन्दाहरु बताउछन् । यशोधरा गाउँपालिका वार्ड ४ का प्रेम चन्द जयसवाल भन्छन् सिमामा रोकिएका रातिमा लुकीछिपी नेपाल प्रबेश गर्छन्र जस्ले त्रास बढेकाे छ । । उनि भन्छन् “कि नेपाल सरकारले तत्काल भारत सरकार संग पहल गर्नु पर्छ होईन भने तिन तहकै सरकारले समन्वय गरेर उनिहरुको व्यवस्थापन गर्नु पर्दछ, होईन भने सिमा लुकिछिपी नेपाल प्रबेश गर्नेकै कारण यो क्षेत्र कोेरोना हटस्र्पाेट बन्न बेर लाग्दैन ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation