उदयपुरको भुल्केमा थप एकजनामा कोरोना देखियो

२०७७ बैशाख २८ आइतबार 

काठमाडौं । उदयपुरको भुल्केमा थप एकजनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भुल्के निवासी ४३ वर्षकी महिलामा कोरोना देखिएको हो ।

उनको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी  दिए ।

नेपालमा कोरोना संक्रमितको संख्या योसँगै ११० पुगेको छ । # बाह्खरी //

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation