मानसिक तनाव कम गर्न कवारेन्टाईनमा योग कक्षा


कपिलवस्तु, २८ बैशाख
कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. १ पकडी स्थित छात्रपाली तिर्थदेवी उच्च मा.वि.को क्वारेन्टाईनमा मनसिक तनाव व्यावस्थापन गर्न योग प्रशिक्षण कक्षा संचालन गरेको गाउँपालिकाको आयुर्वेद शाखा प्रमुख रेखा शुक्लाले बताएकी छन ।

क्वारेन्टाइनमा रहेका करिब ६० जनालाई रोगबाट लडन सक्ने क्षमताको विकास गर्ने उद्देश्यका साथ प्रशिक्षण गरिएको प्रमुख शुक्लाले बताएका छिन । अहिलेको आहारविहार तथा पहिलेको आहारविहारमा धेरै बदलाव आएकोले मानिसहरुमा रोग प्रतिरोधक क्षमता धेरै न्यून हुँदै गरेको बताईन । उनले भनिन् ‘ मानिस जति विद्वान भएपनि आफ्नो शरीरको आवश्यकता तथा क्षमताबारे जानकार हुनु आवश्यक छ। ’ अहिले कोरोनाको संक्रमण उसैमा धेरै प्रभाव देखिएको छ जसमा रोग प्रतिरोधक क्षमता कम भएको छ जसको कारण राम्रो खानपान नहुनु रहेको छ शुक्लाले बताईन । उनले भनिन् हामीले आयुर्वेद शाखा देखि क्वारेन्टाईनमा रहेका सम्पुर्णलाई दैनिक विहाना योग गराउने छौ । योग गरे पनि क्वोन्टाईन बस्ने सम्पुर्णको मानसिक तनाव कम हुनुको साथै शरिर पनि स्वास्थ्य रहने भएकोले दैनिक योग प्रशिक्षणको ब्यावस्था गरिने बताउनु भएको छ ।
कपिलवस्तु आयुर्वेद स्वास्थय केन्द्रका प्रमुख डाक्टर विजय भुर्तेलले क्वारेन्टाइनमा रहेका वा बाहिर रहेका सबैको दिनचर्या, सरसफाईका उपायहरु, खानपान शैली, रोग प्रतिरोध क्षमताको वृद्धिका उपाय, सामान्य लक्षणको उपचार, अनिद्रा आएमा के गर्ने लगायतका विषयमा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । भुर्तेले क्वारेन्टाइनमा रहेकाहरुलाई प्रत्येक बिहान क्वाफ पिउन गुर्जो, जेष्ठ नागरिकहरुको लागि अर्सुगन्धा, प्रसुति स्त्रीको लागि सतावरी चुर्णलगयतका आयुर्वे्दिक औषधिहरु क्वारेनटाईनमा रहेका सबैलाई हस्तान्तरण गरेका थिए । आत्मबल बढने, शरीरमा रोग प्रतिरोधक क्षमता बढने, तनाव कम हुने, विचार शुद्ध हुने विभिन्न किसिमका योग प्रशिक्षण गराएका थिए ।

केहि दिन अघि सोही क्वारेन्टाईनमा ५ जनामा केरोना पोजिटिभ भएको थियो । प्रदेश सरकारको समाजिक विकास मन्त्रालयको सहकार्यमा योग प्रशिक्षण कक्षा प्रत्येक पालिकाको क्वारेन्टाईनमा संचालन गरिने भुर्तेलले बताउनु भएको छ ।

#कोरोना_अपडेट_कपिलवस्तु कपिलवस्तु अायुबेर्द स्वास्थ्य केन्द्र ताैलिहवाका प्रमुख डाक्टर बिजय भुर्तेल संगकाे पकडी छत्रपाली तिर्थदेवीकाे क्वारेन्टाइनमा कुराकानी

Posted by Ujyaalo Post on Saturday, 9 May 2020

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2023 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation