अपडेटः कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या १५ पुग्याे

ताैलिहवा, २९ बैशाख

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ । २९ गते बिहाना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञाप्तीमा कपिलवस्तुकमा थप १० जनामा कोरोना संक्रमण देखिएको बताएको छ । याे संगै कपिलवस्तुमा संक्रमितकाे संख्या १५ पुगेकाे हाे ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जाँच भएको श्वाबमा १० जनामा संक्रमण देखिएको हो । थप १० जनामा संक्रमित मध्ये कपिलवस्तुको भारतीय सिमावर्ती यशोधरा गाउँपालिका वडा नं. ५ बैदौली गाउँका ८ जनामा कोरोना संक्रमण देखिएको हो भने बुद्धभूमी नगरपालिका वडा नं. १० धनकौली र वडा नं. ७ मानपुरका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

बुद्धभुमीको गौतमबुद्ध मा.वि. गोरुसिंगेको क्वारेन्टाईनमा र यशोधराको अनिरुद्ध पब्लिक मा.वि.को क्वारेन्टाईनमा रहेका छन । ती सबैलाई कोरोना विशेष अस्पताल बुटवाल पठाउने तैयारी भईरहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यस अघि मायादेवी गाउँपालिकाको क्वारेन्टाईनमा ५ जनामा कोरोना पोजिटिभ देखिएको थियो ।

शनिबार मात्र जिल्लाका २ सय ९० जनाको स्वाब संकलन गरी काठमाडौं पठाइएको थियो। तीन पालिकाको क्वारेन्टाइनमा रहेका उनीहरुको स्वाब संकलन गरी पिसीआर टेस्टका लागि काठमाडौंस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो ।

जसमा बुद्धभूमि नगरपालिकाबाट १ सय २५, कपिलवस्तु नगरपालिकाबाट १ सय ३ र यशोधरा गाउँपालिकाबाट ६२ जनाको स्वाब संकलन गरिएको हो । यी मध्येको रिपोर्टबाट १० जनामा कोरोना संक्रमण देखिएको हो ।

यसअघि जिल्लामा १ सय ६३ जनाको स्वाब संकलन गरिएको थियो । त्यस मध्ये ५ जना संक्रमित भेटिएका छन् । विहीबार र शनिबार गरी जिल्लामा ५ जना कोरोना संक्रमित भेटिएका थिए । जसमा मायादेवी गाउँपालिकाका ४ र शुद्धोधन गाउँपालिकाका एक जना रहेका थिए ।

यस संगै नेपालका काेराेना संक्रमितकाे संख्या १२० पुगेकाे छ भने ३३ जना उपचार पछी निकाे भइ घर फर्किसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation