काेराेनाकाे संक्रमण बढे संगै कपिलवस्तु जिल्ला शिल

ताैलिहवा-बैशाख २९,
कपिलवस्तु जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गए पछी जिल्लाको सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई शील गर्ने निर्णय गरेको छ । आज साँझ ५ बजेदेखि लागू हुने गरी जिल्लालाई शील गर्ने निर्णय भएको जिल्ला प्रशासन स्रोतले जानकारी दिएकाे छ । उक्त निर्णय आज २९ गते साँझ ५ बजेदेखि जेष्ठ ५ गते राती १२ बजेसम्म लागु हुनेछ ।

यसको औपचारिक जानकारी भने दिउँसो तीन बजे पत्रकार सम्मेलन गरी जानकारी गराइने बताइएको छ । कपिलवस्तुमा हाल सम्मम १५ जना कोरोना संक्रमित फेला परि सकेका छन् । आज मात्रै कपिलवस्तुको यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएका हुन् ।

कोरोना संक्रमित भेटिएका क्वारेन्टाइनहरुमा यशोधरा गाउँपालिकामा रहेको अनिरुद्र माध्यमिक विद्यालय ७ जना, पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा १ जना र बुद्धभूमि नगरपालिकाको गौतमबुद्ध क्वारेन्टाइन रहेका २ जना छन् । यसअघि मायादेवी गाउँपालिकामा ४ जना र सुद्धोधन गाउँपालिकामा कोरोना संक्रमित भेटिएका थिए ।

कपिलवस्तुको भारतीय सीमातर्फ आईबारसम्ममा करिव २ हजार व्यक्तिहरू अलपत्र अवस्थामा रहेको स्थानीय प्रशासनको भनाई छ । त्यसमध्ये ति व्यक्तिहरु गएराती नेपाल प्रवेश गरेको स्थानीयहरु बताउँछन् । करिव ५ सय नागरिकहरू दुइ दिनमा लुकिछिपी नेपाल कपिलवस्तु प्रबेश गरेकाे क्वारेन्टाइनकाे बढेकाे तथ्याकं देखाउछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation