कपिलवस्तु जिल्ला शिल : पत्रकार सम्मेलन (भिडियो) साथै सुचना पत्र

कपिलवस्तु जिल्ला शिल सम्बधमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुकाे पत्रकार सम्मेलन ।

Posted by Ujyaalo Post on Monday, 11 May 2020

काेराेनाकाे संक्रमण बढे संगै कपिलवस्तु जिल्ला शिल

कपिलवस्तु जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गए पछी जिल्लाको सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई शील गर्ने निर्णय गरेको छ । आज साँझ ५ बजेदेखि लागू हुने गरी जिल्लालाई शील गर्ने निर्णय भएको जिल्ला प्रशासनले जानकारी दिएकाे छ । उक्त निर्णय आज २९ गते साँझ ५ बजेदेखि जेष्ठ ५ गते राती १२ बजेसम्म लागु हुनेछ ।

कपिलवस्तुमा हाल सम्मम १५ जना कोरोना संक्रमित फेला परि सकेका छन् । आज मात्रै कपिलवस्तुको यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएका हुन् ।

कोरोना संक्रमित भेटिएका क्वारेन्टाइनहरुमा यशोधरा गाउँपालिकामा रहेको अनिरुद्र माध्यमिक विद्यालय ७ जना, पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा १ जना र बुद्धभूमि नगरपालिकाको गौतमबुद्ध क्वारेन्टाइन रहेका २ जना छन् । यसअघि मायादेवी गाउँपालिकामा ४ जना र सुद्धोधन गाउँपालिकामा कोरोना संक्रमित भेटिएका थिए ।

कपिलवस्तुको भारतीय सीमातर्फ आईबारसम्ममा करिव २ हजार व्यक्तिहरू अलपत्र अवस्थामा रहेको स्थानीय प्रशासनको भनाई छ । त्यसमध्ये ति व्यक्तिहरु गएराती नेपाल प्रवेश गरेको स्थानीयहरु बताउँछन् । करिव ५ सय नागरिकहरू दुइ दिनमा लुकिछिपी नेपाल कपिलवस्तु प्रबेश गरेकाे क्वारेन्टाइनकाे बढेकाे तथ्याकं देखाउछ ।

#सुचना पत्र

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2023 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation